स्कारपियो दुर्घटना हुँदा बालकको मृत्यु

ताप्लेजुङ, ११ जेठ । ताप्लेजुङमा बिहीबार बिहान स्कारपियो जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा फुङ्लिङ नगरपालिका –६ का सागर गुरुङका ५ बर्षिय छोरा अंशुमन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
बिहीबार बिहान ८ः३० बजेतिर गुम्बानजिक सडकबाट जिप करिब एक सय मिटर तल झरेको छ । सो दुर्घटनामा प्रनाउ लिम्बूका अनुसार दुर्घटनामा परी गम्भीर घाइते बालकलाई उपचारार्थ अस्पताल लगिएका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
गुम्बाबाट फुङ्लिङ बजारको पराजुली चोकतर्फ आउने क्रममा अनियन्त्रित भई स्कारपियो दुर्घटना भएको बताइएको छ । घाइते चालक कृष्ण गुरुङको आँखालगायत शरीरका अन्य भागमा चोट लागेको छ । उनको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.