कतारमा रहेकी शर्मिलाद्धारा दुई थान अक्सिजन सिलिण्डर प्रदान

दमक,११ जेठ । दमक- २ निवासी शर्मिला धिमालले दमक अस्पताल अन्तर्गत कोभिड बिशेष उपचार केन्द्रलाई दुई थान अक्सिजन सिलिण्डर सहयोग दिएकी छन् ।
बैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकी सामाजिक अभियन्ता समेत रहेकी धिमालले आफ्नो मेहनतको कमाइले कोभिडका विरामीलाई लक्षित गरि दुई थान अक्सिजन सिलिन्डर दिएकी हुन् । कोभिडको विपतको समयमा आफनो ठाउँका संक्रमणमा परेका बासिन्दाहरुको जीवन रक्षा गर्न आफूले अक्सिजन दिएर थोरै भएपनि सहयोग पुरयाँउन पाएकोमा खुसी व्यक्त गरेकी छन् । हामी सवैले जे जति सकिन्छ त्यसमा योगदान दिन सके समस्या नआउने उनले बताईन् ।
यसअघि समेत उनले आर्थिक अवस्था कमजोर भएका तथा असहायहरुको जीवनरक्षाका लागि विभिन्न अभियान सञ्चालन गरि सहयोग पुरयाँउदै आएकी छन

Leave a Reply

Your email address will not be published.