ताप्लेजुङमा वडाध्यक्षमा महिला शून्य


ताप्लेजुङ, १० जेठ । ताप्लेजुङमा यसपटक वडाध्यक्षमा महिला शून्य भएका छन् । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षका प्रत्यासी अत्यन्तै न्यून भएपछि कोही पनि निर्वाचित नभएकाले महिला शून्य भएका हुन् ।

जिल्लाको नौ स्थानीय तहका ६१ वटै वडाको वडाध्यक्षमा पुरुष मात्र निर्वाचित भएका छन् । चारजना महिलाले वडाध्यक्षमा प्रतिस्पर्धा गरेका भएपनि चारैजना निर्वाचित हुन सकेनन् ।

जिल्लाको सिरिजङ्घा गाउँपालिका–३ मा नेकपा (एमाले)का तर्फबाट कुमारी सावादेन वडाध्यक्षको प्रत्यासी बनेकी थिइन् ।सावदेनलाई नेपाली कांग्रेसबाट वडाध्यक्षका प्रत्यासी बनेका दिलप्रसाद बोखिमले पराजित गरे । वडाध्यक्षमा निर्वाचित बोखिमले ४०३ मत पाउँदा सावादेनले ३९९ मत प्राप्त गरिन्।

यस्तै फुङ्लिङ नगरपालिका–४ मा पनि नेकपा ९एकीकृत समाजवादी० बाट वडाध्यक्षका प्रत्यासी बनेकी नेताकुमारी शिवा र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रत्यासी बनेकी सुशीला लिम्बू पराजित भइन्। एमालेका दुर्गाबहादुर पालुङ्वा ४०८ मतका साथ निर्वाचित हुँदा शिवाले १२६ र लिम्बूले आठ मत पाईन् ।
त्यस्तै, फुङ्लिङ नपाकै वडा नं। ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडाध्यक्षको प्रत्यासी बन्नुभएकी विष्णुमाया राईले एक मत मात्र पाइन् । त्यहाँ नेकपा (माओवादी केन्द्र० का सोजित श्रेष्ठले २२६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुईजना मात्र महिला वडाध्यक्ष सिरिजङ्घा गाउँपालिका–१ सिमानमा उर्मिला थेबे र फुङ्लिङ नगरपालिका–५ मा भीमादेवी ओझा निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published.