खाद्यवस्तुमा आत्म निर्भर बनाउने गरी बजेट ल्याँउन सुझाव


दमक, १० जेठ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले गुणस्तरीय खाद्यवस्तुमा नेपाललाई आत्म निर्भर बनाउनेतर्फ सहयोग पुग्ने गरी सरकारले नयाँ बजेट ल्याउनु पर्ने सुझाव दिएको छ । प्रागारिक तथा रैथाने उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको भनिएको बैंकले जग्गाजमिनलाई चक्लाबन्दी गरेर देशभर उत्पादनको क्षेत्रमा काम गर्दै आएको छ ।
बैंकका कार्यकारी अध्यक्ष शङ्करनाथ उप्रेतीका अनुसार किसानहरूको लागि आर्थिक रूपमा सुरक्षित क्षेत्र कृषि एवं उत्पादनको क्षेत्र बनाउनका लागि सबैको योगदान जरुर रहेको बताए । प्रत्येक व्यक्तिको लागि पर्याप्त, पहुँचयोग्य र किफायती खाद्यान्न उत्पादन गर्न हामी सबै लाग्नु पर्ने उनको भनाई छ ।
दमकमा पत्रकार सम्मेलन गर्दै बैंकले देशभरि बाँझो भएका जग्गा जमिनहरुमा कृषि उत्पादन गर्न चाहने व्यक्ति, संघ संस्था, सरकारी राष्ट्रिय खाद्य बैक लगायतका संस्थाहरुलाई खेती कमाई गर्ने लिजमा लिइ काम गर्ने बातावरण बनाउन र भैरहेको विद्यामान कानुनी जटिलतालाई हटाउन बैंकको माग रहेको उप्रेतीले बताए ।
कृषि उपजहरुमा सहज ढंगले विमा गर्ने व्यवस्थापन गर्न पनि माग गरिएको छ । अहिले खेतबारीमा सहज रुपमा बीमा नहुने गरेको अवस्था छ । नेपाल सरकारले दिने अनुदानहरुलाई किसानकोमा पुग्ने गरी व्यवस्था गर्न, कृषि औजारहरु र उत्पादित वस्तुहरुलाई आधार मानेर अनुदान दिने व्यवस्था गर्न माग अघि सारिएको छ ।
विदेशबाट आउने रेमिटेन्सलाई कम्तीमा २० प्रतिशत कृषि उत्पादनको काममा लगाउने गरि आवश्यक नियम कानुनको व्यवस्था गरि उत्पादनको काममा लगानी गर्ने वातावरण बनाउन आवश्यक भएको उप्रेतीले औल्याए । रैथाने बालीनालीको संरक्षण गर्ने स्पष्ट नीति बनाएर साना किसानहरुलाई विउ विजन उत्पादन गर्न दिने कानुनी आधार तय गर्न पनि माग गरिएको उनले सुनाए ।

हालसम्म नेपाली कृषि उपजहरुलाई ल्याब परीक्षण गर्नको लागि भारत लगायतका विभिन्न ठाउँहरुमा लग्ने चलन रहेकाले यसको अन्त्य गरेर नेपालभित्रै अन्तर्राष्ट्रिय स्तरको ल्यावको स्थापना गर्न माग गरिएको छ । उनले भने, –‘राष्ट्रिय खाद्य बैंकले ल्याब सञ्चालन गर्ने तयारी गरेको र नीति नियमका कारण अहिले सम्भव नरहेको भन्दै यस विषयमा गम्भीर बन्न आग्रह गर्दछौ ।’
झापामा बैंकले आठ सय बिघाभन्दा बढीमा जग्गामा कृषि व्यवसाय गर्दै आएको छ । दुई वर्ष अघिदेखि झापामा बैकले चक्लाबन्दी खेती सुरु गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.