
कमल,८ जेठ । नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा कमल गाउँपालिकाका निवर्तमान उपाध्यक्ष बेणु शिवाकोटी वडा सदस्यमा हारेका छन् ।
कमल ६ को आज दिउँसो अन्तिम मतपरिणाम अनुसार खुल्ला सदस्यमा उम्मेदवार वनेका शिवाकोटी ९ मतको अन्तरले वडा सदस्यमा पराजित भएका हुन् । उनलाई कांग्रेससहितको गठबन्धनका उम्मेदवार ओम पराजुलीले हराएका थिए । पराजुलीले १ हजार ४ सय ३५ ल्याएर विजयी भए भने शिवाकोटीले १ हजार ४ सय २६ मत पाएका थिए ।शिवाकोटीबाहेक वडामा पुनः नरेन्द्र भटटराईसहित अन्य सवै भने एमालेका सदस्यहरु निर्वाचित भएका छन् ।
यसअघि शिवाकोटीले गएको निर्वाचनमा भने उपाध्यक्षमा सर्वाधिक मत ल्याएर जितेका थिए । उनी यस निर्वाचनमा पालिका अध्यक्षका लागि आकांक्षी थिए । तर पार्टीले उनलाई अध्यक्षको सट्टा जिल्ला समन्वय समितिको सभापति बनाउने भनी उम्मेदवार बनाएको थियो ।वडा सदस्यमा नराम्ररी पराजय खाएसंगै उनको जिससमा जाने बाटो बन्द हुन पुगेको छ ।