दमक,८ जेठ । कवि तथा साहित्यकार जयनारायण भट्टराईको कविता सङ्ग्रह ‘अन्तर्मनका तरङ्ग ’एक कार्यक्रका वीच बिमोचन गरिएको छ । भट्टराई कुलबशं प्रतिष्ठानमा भएको उकत कार्यक्रममा प्रा.डा. गोबिन्दराज भट्टराई र दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई प्रसाईले कृति लोकापर्ण गरे ।
कृति माथि सहित्यकार डा.ब्यञ्जना शर्मा र कवि जीवनहरि शर्माले समिक्षा गरेका थिए ।उक्त कार्यक्रमा साहित्यकारहरु यज्ञ परिश्रमी, विन्दु दाहाल मुकदर्शक, यादव अधिकारी झाक्रिखोले, दुर्गा काफ्ले,विवश बलिभद्र कोईराला,ओमप्रसाद खनाल,गोपालप्रसाद दाहाल,कमल प्रसाद भट्टराई,नारायण फुयाल,डा.लेखनाथ न्यापाने ,मेघनाथ बन्धु लगायतको उपस्थिति रहेको थियो ।
भट्टराई कुल बशं प्रतिष्ठानका अध्यक्ष शेरबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा दमकसहित झापा,मोरङ्ग र ईलामका साहित्यकारहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।