कमलको अध्यक्षमा कांग्रेसका राई निर्वाचित

दमक,८ जेठ । झापाको कमल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हुकुमसिंह राई निर्वाचित भएका छन् ।
आज साँझ सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार उनले नेकपा एमालेका आफना प्रतिद्धन्दी उम्मेदवार भिम राईलाई ३ हजार २ सय १५ मतको अन्तरले हराउदै अध्यक्षमा निर्वाचित भएको हुन् । निर्वाचित अध्यक्षले १२ हजार ८ सय ६८ मत ल्याई विजयी भए भने उनका प्रतिद्धन्दी एमालेका उम्मेदवार राईले ९ हजार ६ सय ५३ मत प्राप्त गरे । उनी कांग्रेस १ नम्बर प्रदेश समितिका सदस्य समेत हुन् ।
गएको स्थानीय निर्वाचनमा उनी निर्वतमान पालिका अध्यक्ष मेनुका काफ्लेसंग बराबरी ( ८२७५ ) मत आएपछि गोलाप्रथाबाट पराजित भएका थिए। लोकप्रिय युवा नेता राईलाई यसपटक भने गठबन्धनका कारण वाजी मार्न झनै सजिलो हुनपुगेको थियो । पालिकाको निर्वाचनमा कांग्रेससहित माओवादी केन्द्र,जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, संघीय लिम्बूवान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी गरि छ दलीय गठबन्धन रहेको थियो ।
कमलस्थित निर्वाचन अधिकृतको कार्यालय का अनुसार उपाध्यक्षमा भने एमालेकी उम्मेदवार प्रमिला न्यौपाने तिवारी विजयी भईन् । उनले १० हजार ८ सय ४५ मत प्राप्त गरिन् भने उनका प्रतिद्धन्दी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका पर्शुराम सुवेदीले ८ हजार ३ सय ७१ मत पाएका थिए ।
७ वटा वडा रहेको कमलमा ३ वटा भने गठबन्धन र उपाध्यक्षसहित अन्य चार वटा वडा एमालेले जितेको छ । जसअनुसार कमल १ मा कांग्रेसका केदार कटुवाल, २ मा नेकपा एकीकृत समाजवादीका अशनेक लिम्बू, ३ मा एमालेका अग्नी कोइराला, ४ मा एमालेकै चन्द्रप्रसाद भटटराई , ५ मा माओवादी केन्द्रका लालबहादुर विष्ट ,६ मा एमालेका नगेन्द्र भटटराई र वडा न. ७ मा एमालेकै पृथीपति राई वडाध्यक्षमा निर्वाचित भएका थिए । ३७ हजार ९ सय ५० मतदाता मध्ये निर्वाचनमा भने २६ हजार २ सय ४२ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.