कमल ७ मेमेङ टोलको देवीथानमा देवी पूजा


मल,७ जेठ । कमल गाउँपालिका ७ मेमेङ टोलस्थित देवीथानमा शुक्रवार देवीपूजा गरिएको छ । बर्षो अघिदेखि त्यस देवीथानलाई संरक्षण,सम्बद्र्धन गर्नुका साथै पूजा आजा गरिआएको देवीथानमा यसवर्ष पनि सामूहिक रुपमा पूजाआजा गरि मनाइएको स्थानीय पूर्ण कुमार मावोले बताए ।
देवीथानको किरात युमा माङहिमले संरक्षण गरिआएको छ । देवीथानसहित माङहिम सञ्चालक समितिले देवीथानसहित त्यहाँको सामूहिक पूजाआजाको व्यवस्थापन गरिदै आएको माङहिमका अध्यक्ष भिमराज लिम्बूले बताए । उनका अनुसार प्रकृतिपूजक किरात धर्मावलम्बीहरुले प्रकृतिको पूजा गरि यसरीनै सामूहिक रुपमा भेला भएर शुख,शान्तिको कामना गरिएको छ । अन्नवाली राम्रो तथा विश्वका सवै सकल प्राणीको रक्षाको होस भन्दै पूजापाठ गरि देवीपूजा गरिएको पूजारी बमविक्रम लावतीले बताए ।पूजामा स्थाीय किरात धर्मानुरागीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

माङहिमको भवन निर्माण कार्य अन्तिम चरणमा
सैगरि देवीथानसंगै रहेको किरात युमा माङहिमको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन अधुरो भवन पूरा गर्न गाउँपालिकाले चालु आर्थिक बर्षमा रु ४ लाख तथा धर्मानुरागीबाट संकलित थप रु ३ लाखबढी गरि करिव ७ लाख मूल्यको लागतमा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण समितिका अध्यक्ष पूर्णकुमार मावोले बताए । त्यहाँ माङहिम निर्माण कार्य गर्न स्थानीय समाजसेवी गणेशबहादुर लिम्बूले २ कठ्ठा र स्थानीय बुधमाया मावोले १० धुर जमीन निशुल्क उपलव्ध गराएका थिए । त्यहाँ चार वर्षदेखि माङहिमको भवन निर्माण कार्य भईरहेको छ । पालिका ,स्थानीय तथा चन्दादाताहरुको स्वेच्छिक सहयोग जुटाएर भवन बनाउने कार्य भईरहेको भवन निर्माण समितिका अध्यक्ष मावोले बताए । माङहिमसहित समुदायिक भवन निर्माणको लक्ष्य राखिएको उक्त माङहिममा दैनिक पूजापाठ तथा धार्मिक अनुष्ठान ,पूजापाठ गर्न सहज हुने स्थानीय मोहन लिम्बूले बताए ।

Leave a Reply

Your email address will not be published.