
दमक,७ जेठ । स्थानीय चुनाव अन्तर्गत यहाँ भएको निर्वाचनमा दुई उम्मेदारको मत शून्य अर्थात आफैलाई भोट नहालेको पाइएको छ ।
दमक उपप्रमुख पदमा उम्मेद्वारी दिएकी रुकमिणा विष्ट (अधिकारी)ले एक मत पनि प्राप्त गर्न नसकेक।े निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको विवरण अनुसार रुकमिणाले चुनाव चिन्ह भुँइकटहर चुनाव चिन्ह लिएर स्थानीय तहको चुनावी मैदानमा आएकी थिइन् उनले उपमेयर पदका लागि स्वतन्त्र उम्मेद्वारी दिएकी थिइन् । तर, उनले एक मत पनि प्राप्त गर्न नसकेको निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उलेख छ । दमक नगरपालिकामा ५८ हजार १ सय ७६ मतदाता रहेका छन् । । जसमा १८ हजार ७ सय १६ पुरुष र २१ हजार १ सय ७९ जना महिला गरी ३९ हजार ८ सय ९५ जनाले मतदान गरेका थिए ।
त्यस्तै दमक नगरपालिकामा एक मत पनि प्राप्त नगर्ने अर्का उम्मेदवार हुन् गणेशबहादुर थापा । उनले दमक नगरपालिका –३ को वडाध्यक्षको दावी गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका थिए । उनले पनि एक मत प्राप्त गर्न सकेनन् ।
उनी खानेपानीको धारा चुनाव चिन्ह्र लिएर चुनावी प्रतिष्पर्धामा थिए । यही नगरको वडा नम्वर १० मा वडाध्यक्ष पदका लागि प्रतिष्पर्धा गर्ने अर्का व्यक्ति हुन् रामप्रसाद लुईटेल । उनले वडाध्यक्षतर्फ मत प्राप्त गर्ने मध्ये सबैभन्दा कम मत प्राप्त गरे । लुईटेल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी ) का तर्फबाट वडाध्यक्षको उम्मेद्वार थिए । उनले ५ मत मात्र प्राप्त गरे ।