दमक, ७ जेठ । झापाको कमल गाउँपालिका वडा न. ३ सानो केर्खा सडकखण्डमा गएराती स्कारपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा न. १ धरमपुरका ६२ बर्षिय साने दर्जी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
राती करीब पौने ९ बजे बाटो काट्दै गरेका पैदलयात्री दर्जीलाई पश्चिमवाट पूर्वतर्फ जादै गरेको प्र ३–०१–००२४ च ४५३५ नम्बरको स्कारपियोले ठक्कर दिदाँ दर्जीको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न स्कोरपियोका चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा न. २२ का २८ बर्षिय बिष्णु दाहाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।