माङहिमद्धारा घेराबेराका लागि पालिकासंग सहयोगको माग

दमक,७ जेठ । झापा ,कमल गाउँपालिका वडा नं ७ गेउरियास्थित किराँत युमा माङहिमले घेराबेराका लागि पालिकासंग सहयोगको माग गरेको छ ।आइतवार गाउँपालिकाको कार्यालयमा पुगेर माङहिमको एक टोलीले घेराबेराका लागि अध्यक्ष हुकुमसिंह राईलाई रु १० लाखको वजेट माग पत्र बुझाएको हो । माग पत्र माङहिमका सल्लाहकार बमविक्रम लाओती, माङहिमका उपाध्यक्ष पूर्णकुमार मावो, कोषाध्यक्ष नन्दा लिम्बू लगायतले संयुक्त रुपमा बुझाएका हुन् ।
गाउँपालिकाले माङहिम निर्माणका लागि आर्थिक बर्ष २०७६ -२०७७ सालदेखि विभिन्न वर्षमा हालसम्म रु १३ लाख वजेट उपलव्ध गराईसकेको छ । त्यहाँ माङहिमसहित हालै मात्र एउटा थप यज्ञकुण्ड निर्माण भईसकेको छ ।
मागपत्र बुझाउदै सल्लाहकार लाओतीले माङहिम निर्माणमा गाउँपालिकाको सहयोग प्रंशसनीय भएकाले यसलाई नियमित सञ्चालन गर्ने अवस्थासम्मका लागि थप सहयोगको खाँचो रहेको औल्याए ।
माङहिम निर्माणका लागि स्थानीय जग्गादाता गणेशबहादुर केरुङले निशुल्क २ कठठा र बुधमाया मावोले समेत आफनो नाममा रहेको १० धुर जमिन यसै संस्थाको नाममा दर्ता कायम गरि त्यहाँ सामुदायिक भवन निर्माणको प्रकृया समेत अघि बढाईएको उपाध्यक्ष मावोले बताएका छन् । उनले निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको यस योजनालाई पूर्णता दिन सो माङहिमसहितको सामुदायिक भवन घेराबारा गरिनु आवश्यक भएकाले आगामी आर्थिक बर्ष २०८०- ०८१ को योजनामा निरन्तरता दिई थप बजेट विनियोजन गरिदिन अनुरोधसहित निवेदन बुझाईएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published.