दमक , ७ जेठ । झापामा पछिल्लो २४ घण्टामा ६३ जना संक्रमण मुक्त हुँदा २४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ११५ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार एन्टिजेनका २८ जना र पीसीआर विधि परीक्षणबाट २१७ जनामा संक्रमण देखा परेको हो ।
संक्रमितमध्ये सबैभन्दा बढी बुद्धशान्ति गाउँपालिकाका ३४ जना रहेका छन् । जसमा १८ जना महिला छन् । यसैगरी, दमकमा १७ महिलासहित ३१ जना, बिर्तामोडमा १४ महिलासहित २८ जना, कनकाईमा १५ महिलासहित २७ जना, अर्जुनधारामा ९ महिलासहित २५ जना, मेचीनगरमा १२ महिलासहित २४ जनामा संक्रमण पुष्टि भएको छ ।कोभिड फोकल पर्सन जीवन चौंलागाईका अनुसार गौरादहमा ५ महिलासहित १४ जना, भद्रपुर र कमलमा समान ६–६ महिलासहित १४ जना, शिवसताक्षीमा १ महिलासहित ६ जना, झापा गाउँपालिकामा ४ महिलासहित १० जना, ठेगाना नखुलेका ५ महिलासहति ११ जना, बाह्रदशीमा २ महिलासहित ३ जना, कचनकवलमा १ पुरुष, गौरीगञ्जमा १ महिला र हल्दिबारीमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
योसँगै झापामा कुल संक्रमितको संख्या पीसीआरतर्फ ८ हजार ९२१ र एन्टिजेनतर्फ ४८३ पुगेको छ । निको भएर घर फर्किनेको संख्या ५ हजार १०९ रहेको छ ।शुक्रवारसम्म ३ हजार ६२२ जनाको सक्रिय संक्रमित भई विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।