अध्यक्ष भट्टराईसहित अग्रज पत्रकार सुब्बा सम्मानित

दमक ,६ जेठ । नेपाल प्रेस यूनियन झापा शाखाका नवनिर्वाचित अध्यक्ष गिरीराज भट्टराईसहित अग्रज पत्रकार विष्णु सुब्बा सम्मानित भएका छन् ।नेपाली कांग्रेस दमक ५ वडा समितिले आज नगर पार्टी कार्यालयमा संक्षिप्त कार्यक्रम गरि भट्टराईसहित अग्रज पत्रकार सुब्बालाई सम्मानित गरिएको वडा सभापति चैन्तय बरालले बताए । दुवै पत्रकारलाई कांग्रेस दमक नगर उपसभापति प्रेम भट्टराई लगायत वडा समितिका पदाधिकारी,सदस्यहरुले खादा ,मालाले सम्मान गरेका थिए ।
युनियन झापाको हालै विर्तामोडमा सम्पन्न १० औ जिल्ला अधिबेशनको निर्वाचनबाट दमकका पत्रकार भट्टराई जिल्ला अध्यक्षमा निर्वाचित भएका र सुब्बालाई युनियनद्धारा खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको भन्दै कांग्रेस वडाले बधाई शुभकामनासहित सम्मान गरेको हो ।
केन्द्रीय सदस्य सुब्बाले दिइन् बधाई
कांग्रेस नेतृ समेत रहेकी पार्टी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूले युनियन जिल्ला अध्यक्ष गिरीराज भट्टराईसहित अग्रज पत्रकार विष्णु सुब्बा बधाई शुभकामना दिदै सम्मान गरेकी छन् । दमक ९ स्थित आफनै निवासमा आज संक्षिप्त कार्यक्रम गरि दुवै पत्रकारको योगदान प्रति बधाई शुभकामना दिदै सम्मान गरेकी हुन् ।
युनियन झापाको हालै विर्तामोडमा सम्पन्न १० औ जिल्ला अधिबेशनको निर्वाचनबाट दमकका पत्रकार भट्टराई जिल्ला अध्यक्षमा निर्वाचित भएका र सुब्बालाई युनियनद्धारा खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको भन्दै उनले बधाई शुभकामनासहित सम्मान गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published.