साहित्य कला सङ्गमको २६ औ श्रृङ्खला पूरा, दर्जनौ श्रष्टाद्धारा रचना प्रस्तुत

दमक,५ जेठ । साहित्य कला सङ्गम दमकले मासिक रुपमा सञ्चालन गरिआएको रचना वाचन कार्यक्रम आजबाट २६ औ श्रृङ्खलामा पुग्न सफल भएको छ । स्थानीय श्रष्टाहरुको जमघटलाई सुजनशील बनाउन उद्देश्यले शुरु गरिएको रचना वाचन कार्यक्रमले २६ औ पूरा गरेको अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताए ।

संस्थाको आफनै कार्यालयमा आज भएको कार्यक्रममा सहभागि श्रष्टाहरुले आआफनो रचना प्रस्तुत गरेका थिए । रचना वाचन कार्यक्रममा साहित्यकारहरु विन्दु दहाल मुकदर्शक , यादव प्रसाद अधिकारी, दुर्गा काफ्ले,ओमप्रसाद खनाल, बिवश बलिभद्र कोईराला, हरि पराजुली ,गोपाल प्रसाद दहाल, बिरेन्द्र खडका,डा.लेखनाथ न्यौपाने ,मेघनाथ बन्धु, एनपि दहाल, छविराम न्यौपाने,शारदा निरौला,डिल्ली निरौला,भूमी वास्कोटा, लगायतले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।रचना वाचन कार्यक्रम कवि तथा साहित्यकार जय नारायण भट्टराईको प्रमुख आतिथ्यमा र साहित्य कला सङ्गमका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको अध्यक्षता भएको थियो ।साहित्य कला सङ्गमले हरेक महिनाको पहिलो शुक्रवार नियमित रचना वाचनको कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published.