दमक ४ मा काँग्रेसका दाहाल विजयी

दमक, ५ जेठ । दमक वडा नं ४ को वडाध्यक्षमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका पुण्यप्रसाद दहाल विजयी भएका छन् ।
विहीवार विहान सार्वजनिक गरिएको अन्तिम मतपरिणम अनुसार उनले २०७४ मत ल्याएर वडाध्यक्षमा विजयी भए । उनका प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार झसराज ढकालले भने १८१६ मत पाएका छन् । यसअघि गठबन्धनबाट नै कांग्रेसले दमक १० को पनि वडाध्यक्ष जितेको थियो ।

Leave a Reply

Your email address will not be published.