ट्रकको ठक्करबाट एक ब्यक्तिको मृत्यु

बिर्तामोड,५ बैशाख । झापाको बिर्तामोडस्थित रामचोकमा ट्रकको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ ।मृत्यु हुनेमा बिर्तामोड–४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । रामचोकस्थित सडक दक्षिणमा पार्र्किङ गरिएको ट्रक सडकमा निकाल्ने क्रममा पैदलयात्री काफ्लेलाई ठक्कर दिएको थियो ।
प्रदेश–१–१०–००१ ख ३५९४ नम्बरको ट्रक ब्याक गरेर सडकमा निकाल्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्रकको ठक्करबाट गम्भिर घाइते भएका उनको बिर्तासिटी अस्पताल पु¥याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.