धारिलो हतियार प्रयोग गरि मोरङको रंगेलीमा एक महिलाको हत्या

मोरङ,५ जेठ । धारिलो हतियार प्रयोग गरी मोरङको रंगेलीमा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार रंगेली नगरपालिका ३, तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या भएको अवस्थामा अनिता यादवको शव आज विहान फेला परेको छ।

बेचन यादवकी २४ वर्षिया श्रीमती अनिताको शव घरदेखि ८ सय मिटर टाढा नहरमा फेला परेको हो। प्रारम्भिक अनुसन्धनबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिएको प्रहरीले जनाएको छ।

भौसाबारी माइत भएकी यादवको हत्याबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यसका लागि प्रहरीले मृतकका देवर, १९ वर्षीय विनोद यादव, सासु ५० वर्षीय बिजुली यादव, श्रीमान बेचन यादव र ससुरा रामु यादवलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published.