
दमक,५ जेठ । दमक -५ का पूर्व वडाध्यक्ष तथा सामाजिक ब्यक्तित्व मोती इङ्नामको कोरोना संक्रमणबाट निधन भएको छ । गोर्खाली टोल निवासी उनको आज विहान ३ बजे उपचारको क्रममा बिराटनगरको नोवल शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं ५ झापाका सदस्य तथा किरात रायलि भवनका सचिव थिए ।
सामाजिक रुपमा अत्यन्तै मृदुभाषी व्यक्ति लिम्बुको एक साता अघि श्वासप्रश्वासमा समस्या भएपछि विर्तामोडको विर्तासिटी अस्पतालमा उपचार भईरहेको थियो । तर ,त्यहाँ पनि उनको उपचारमा कुनै सुधार नआएपछि विर्तासिटीबाट रेफर गरेर थप उपचारको लागि मंगलबार नोवल अस्पताल पु¥याईएको थियो ।
उनको आज दिउँसोनै कन्काईमा अन्तिम दाहसंस्कार गरिएको दमक वडा न.५ का वडाअध्यक्ष इन्द्र गुरुङले बताएका छन् ।