ट्याक्टर दुर्घटनामा परी सहचालकको मृत्यु

ताप्लेजुङ,५ जेठ । ट्याक्टर दुर्घटनामा परेर ताप्लेजुङको मैवाखोलामा एक जना सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।मृत्यु हुनेमा फक्ताङ्लुङ गाउँपालिका वडा नं. ३ सिँवाका सन्दिप तामाङ रहेका छन् । बिहीबार राति मैवाखोला गाउँपाकिला–१ तेल्लाबुङतर्फ बालुवा लिएर जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । चालक मिक्वाखोला गाउँपालिका–१ का कुशल लिम्बू भने दुर्घटनापछि फरार रहेका छन् । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.