प्रमुखमा कांग्रेस,उपप्रमुखमा माओवादी

पाँचथर ,४ जेठ । पाँचथरको फिदिम नगरपालिकामा गठबन्धनका उम्मेदवारले निर्वाचित भएका छन् ।गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका मित्रप्रसाद काफ्ले र उपमेयरमा नेकपा माओवादीका राधाकृष्ण न्यौपाने निर्वाचित भएका हुन् ।
मेयरमा काफ्लेले नेकपा एमालेका पृथ्वी लावतीलाई ५७५ मतले पराजित गरे । काफ्लेले ९ हजार ८५५ मत ल्याउँदा लावतीले ९ हजार २८० मात्र मत पाए ।यस्तै उपमेयरमा नेकपा माओवादी केन्द्रका राधाकृष्ण न्यौपानेले एमाले, राप्रपा गठबन्धनका जगत थापा मगरलाई पराजित गरे । न्यौपानेले ९ हजार ३६ मत ल्याउँदा थापाले ५ हजार ६३४ मत प्राप्त गरे ।यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले मेयर र उपमेर दुवै जितेको थियो ।
इलाममा ३० वर्षपछि कांग्रेसले जित्यो
इलाम नगरपालिकामा नेपालका कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुख पदमा कांग्रेसका केदार थापाले १३ हजार १ सय १५ मतसहित विजयी भएका छन् ।
उपप्रमुखमा कांग्रेसकै विष्णु दाहालले विजय प्राप्त गरिन् । उनले १ ५४२ मत प्राप्त गरिन् ।मेयरमा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १०५८७ मत ल्याए । त्यस्तै, उपप्रमुखमा एमालेकै सीतादेवी रिजालले १० हजार ८८ मत प्राप्त गरिन् ।
२०४९ सालको स्थानीय निर्वाचनपछि इलाममा कांग्रेसले जित हासिल गरेको हो । ३० वर्षपछि कांग्रेसले विरासत फर्काएको हो ।१२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।