
दमक ,४ जेठ । दमक- ८ मा गठबन्धनलाई हराउदै एमालेका धर्मप्रसाद दाहाल (दिपेश ) विजयी भएका छन् ।निर्वाचन अधिकृतको कार्यालय दमकले भर्खरै सार्वजनिक गरेको मत परिणाम अनुसार वडामा एमालेका वडाध्यक्षका उम्मेदवार दाहाल सहितको प्यानललै बिजयी भएका छन् ।
दाहालले २०१३ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिदन्द्धी गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार प्रकाश बस्नेतले ८ सय २४ मत मात्रै प्राप्त गरेका हुन् । सो वडामा ३ हजार ८ सय ३१ मत खसेको थियो ।