बिर्तामोडमा दमककी संक्रमित महिलाको मृत्यु


दमक,४ जेठ ।
दमकमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दमक ८ की तामाङ थरकी ६२ वर्षिया महिलाको मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार आज बिहान उनको उपचारका क्रममा निधन भएको हो ।अहिले बिर्तासिटी हस्पिटलमा इमर्जेन्सी र बेड गरी ५१ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए । आज विहान मात्र दमकको लाइफलाइन अस्पतालमा दमक ५ की ३५ बर्षिया महिलाको पनि मृत्युभएको थियो ।
यो सँगै दमकमा संक्रमणवाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

Leave a Reply

Your email address will not be published.