भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै साथीभाईद्धारा प्रर्दशन

दमक ,४ जेठ । सामाजिक कार्यमा सक्रिय साथीभाई समूह दमकले आज दमकमा भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरेको छ । भ्रष्टाचारमा संलग्नलाई कारवाहीको माग राख्दै साथीभाई समूहले दमकमा प्रदर्शन गरेका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका नेतृत्व तथा विभिन्न व्यक्तिहरु धमाधम समातिदै गएको र त्यसमा संलग्नलाई हदैसम्मको सजायको माग राख्दै उनीहरुले दमक चौंकमा विभिन्न प्लेकार्डसहित विरोध प्रर्दशन गरेका हुन् ।
समूहका अध्यक्ष गंगा प्रसाद सिटौलाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग राख्दै दबाब स्वरुप प्रर्दशन गरिएको बताए । पूर्वपश्चिम राजमार्गको दमक चौंकस्थित सडकखण्डमा समूहका सदस्य तथा शुभचिन्तकहरुले आधा घण्टा लामो प्रर्दशन गरेका सदस्य समेत रहेका दमक जेसीजका पूर्व अध्यक्ष चन्द्र खत्रीले बताए ।
दमकमा पछिल्लो समय दिनहुँ विभिन्न समूहले भ्रष्टाचारीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published.