दमक,४ जेठ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दमक –४ अडियामलबाट तीन जना पक्राउ परेका छन् ।उनीहरुलाई बुधबार प्रहरीले १० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २८ वर्षीय दाम भन्ने सुसन धिमाल , २७ वर्षीय अभिषेक विश्वकर्मा र २० वर्षीय तिन्तुस मुन्ना रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले उक्त घटनामा संलग्न हाल फरार एक जनाको भने खोजी गरिरहेको र त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।