दमक,४ जेठ । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले बिद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुलाई लक्षित गरि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
कमल ५ स्थित जनता मेडिकल हलको समन्वयमा यूएसआईडीको सहयोगमा विहिबार कमल २ को मदन आश्रित माविमा एकदिने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा साविक तोपगाछी खण्डका संस्थागत तथा सामुदायिक गरि ९ वटा विद्यालयबाट ३८ जना छात्रछात्रा विद्यार्थीको सहभागिता रहेको रेडक्रस उपशाखा सचिव पारषमणि राईले बताए ।
कार्यक्रममा यूएसआईडीका सहजकर्ता महेशदासले सहजीकरण गरेका थिए । तालिम उद्घाटनमा रेडक्रस उपशाखा सभापति चन्द्र साह, उपसभापति चन्द्रकला भण्डारी,सदस्यहरु,शिक्षकहरुको उपस्थिति रहेको थियो । यसअघि समेत सोहि कार्यक्रम कमल ५ स्थित रेडक्रस सभाहलमा समेत सञ्चालन गरिएको उपशाखाका सदस्य तुलसी तिवारीले बताए ।