चुलाचुलीको अध्यक्षमा काँग्रेसका केरुङ निर्वाचित

चुलाचुली ,३ जेठ । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र केरुङ विजयी भएका छन् । केरुङले आफना प्रतिद्धन्दीलाई फराकिलो मतान्तरले हराउदै अध्यक्षमा विजयी भए । उनले ६ हजार ६५० मतले विजयी बने भने उनका प्रतिद्वन्दी नेकपा एमालेका ओम नारायण खनालले ३ हजार ७५५ मत प्राप्त गरेका छन् ।
युवा नेता केरुङ यसअघि एमाले तर्फबाट वर्तमान पालिका अध्यक्ष प्रदिप चन्द्र राईसंग राजेन्द्र केरुङले ३४४ मतको अन्तरले हारेका थिए । खनाल भने साविक चुलाचुली गाविसका पूर्व अध्यक्ष हुन् । चुलाचुलीमा कांग्रेसले २७ बर्ष पछि जित निकाल्न सफल भएको हो ।
यसैगरि, उपाध्यक्षमा भने एमालेकी दिलकुमारी लावती निर्वाचित भएकी छन् । एमाले पालिका अध्यक्ष समेत रहेकी उनले ४ हजार ४५० मत प्राप्त गरि माओबादीका सुकबहादुर लावतीलाई हराउदै उपाध्यक्षमा विजयी भईन् । काँग्रेस संगको गठबन्धनबाट उपाध्यक्षमा उम्मेदवार भएका लावतीले ३ हजार ४४२ मत प्राप्त गरेका छन् ।
चुलाचुलीमा १८ हजार ५ सय ८० मतदाता मध्ये १२ निर्वाचनमा भने १२ हजार ८ सय ९४ मत खसेको थियो ।
चुलाचुली १ मा लिम्बूवान विजयी
चुलाचुली १ मा यसपटक पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान प्रान्तीय मञ्चले प्यानलै जित हासिल गरेको छ । मञ्चका उम्मेदवार पूर्ण लावती ( धु्रव ) ले ८५३ मत ल्याई पुनः दोश्रो कार्यकालका लागि वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मोति फागोले ५२७ मत प्राप्त गरेका छन् ।
यसैगरी खुल्ला सदस्यमा समरध्वज तामाङ ( ७२७ ), लाल बहादुर चाम्लिङ ( ७८१), महिला सदस्य रामकुमारी राई (८३० ) र दलित महिला सदस्य जानुकादेवी विश्वकर्माले ७७४ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।
चुलाचुली २ मा काँग्रेसका श्रेष्ठ विजयी
चुलाचुली २ को वडाध्यक्षमा काँग्रेसका लक्ष्मण श्रेष्ठ निर्वाचित भएका छन् । उनले आफना प्रतिद्धन्दी एमालेका सुरेस अधिकारीलाई ३२६ मतको अन्तरले हराउदै विजयी भएका हुन् ।
श्रेष्ठले ८६७ मत, उनका प्रतिद्वन्दी अधिकारीले ५४१ मत प्राप्त गरेका छन् । यस्तै, महिला सदस्य ७८२, दलित महिला सदस्य ७७२, पहिलो खुल्ला सदस्य ६६३, दोस्रो खुल्ला सदस्य ७६३ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
चुलाचुली ३ वडाध्यक्षमा कांग्रेसकै श्रेष्ठ
चुलाचुली ३ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रेम श्रेष्ठले १०९८ मत ल्याई निर्वाचित भएका छन् । उनले ४१५ मतको अन्तरले एमालेका देउमन गिर्रीलाई हराएका थिए । गिरीले ६८३ मत प्राप्त गरेका छन् ।
महिला सदस्य गंगा सुबेदी ११०३ , दलित महिला सदस्य बबिता दर्जी ११०३, खुल्ला सदस्य चन्द्र राइ ९७३ , सुरेन थुलुङ्ग १०८१ मत प्राप्त गरि विजयी भए ।
चुलाचुली ४ को अध्यक्षमा कांग्रेसका जवेगु
चुलाचुली ४ को वडाध्यक्षमा नेपाली काँग्रेसका सागर जवेगु विजयी भएका छन् । उनले ८२९ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्दी एमालेका कुमार राईले ७१६ मत प्राप्त गरे ।
त्यस्तै महिला सदस्यमा दिल माया राई ८२३, दलित महिला सदस्य विष्णु माया विश्वकर्मा ८०२, खुल्ला सदस्य निर बहादुर राई ७६२, विष्णुप्रसाद भट्टराईले ७४३ मत प्राप्त गरि विजयी भए ।
चुलाचुली ५ मा कांग्रेसकै राई विजयी
चुलाचुली ५ को वडाध्यक्षमा नेपाली काँग्रेसका बबिन राई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्वन्दी एमालेबाट निर्वाचित निवर्तमान वडाध्यक्ष चन्द्र कुमार थापालाई ४० मत अन्तरले पराजित गरि वडाध्यक्षमा निर्वाचित भएका हुन् । राईले ७०४ र थापाले ६६४ मत प्राप्त गरेका थिए ।
यसैगरि, दलित महिला सदस्य कमला विश्वकर्मा ( ६६१ ), खुला सदस्यमा अर्जुन नेपाली (६२४), राम प्रसाद नेपाल (७०७ ) र एमालेकी महिला सदस्य मनमाया मगर (६५९ ) मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published.