दमक,३ जेठ । झापाको कमल गाउँपालिका -७ स्थित निर्माणाधीन किरात युमा माङहिम परिषरमा रहेको देवीथानमा शनिवार पूजाआजा गरिएको छ ।परम्परागत रुपमा हरेक उभौलीमा गरिने देवीपूजामा किरात धर्मनुनायीहरुको उपस्थिति रहेको थियो । माङहिम परिषरमा बर्षोदेखि संरक्षित देवीथानमा किरात धर्म संस्कृति अनुसार प्रकृतिको पूजाआजा गरिदैआएको माङहिम समितिका उपाध्यक्ष पूर्णकुमार मावोले बताए ।
उनका अनुसार देवीथानमा बर्षेनी सामूहिक रुपमा पूजाआजा गरिदैआएको छ । त्यसक्रममा सेवासावाहरुले अन्नवालीसंगै प्रकृतिको कामना गरि शक्ति माग्ने र देवीपूजाबाट प्राप्त हुने धार्मिक विश्वास रहेको उनको भनाई छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका देवीथानमा यसरीनै प्रकृतिको पूजा गरि देवीपूजा गरिने माङहिम समितिका अध्यक्ष भीमराज लिम्बूले बताए ।