
जीवन भनेको आमाको गर्भमा आएदेखि सास रहेसम्मको हो । तर, वास्तविक जीवन भने त्यति बेला सुरु हुन्छ जतिबेरबाट तपाई आफैले आफैलाई बुझ्ने हुनुहुन्छ या तपाईले आफुलाई माया गर्र्न, आफैलाई संरक्षण गर्न थाल्नुहुन्छ । त्यो भनेको वास्तविक मानव जीवनमा प्रवेश गर्नु हो । जब हामी आमाको कोखबाट बाहिर आउछौ, एक निरीह, अज्ञानी अनि अर्काको साहारामा मात्र बाँच्न सक्ने पशु जस्तै हुन्छौ । तर, त्यो जीवनको एउटा महत्वपूर्ण पाटो हो जो विना हामी अगाडी वढनै सक्दैनौं । यो कटु यर्थाथ हो यसबाट हरेकले सिक्ने हो । जसरी कुमालेले काँचो माटोलाई उसले चाहे जस्तो भाडा बनाउन माटोलाई मुस्छ, खेलाउँछ र आकार दिन्छ । त्यसरी नै हामीलाई पनि सही आकार दिने काम कित हाम्रा मातापिताबाट हुन्छ, नभए आफन्तजनबाट अनि गुरुबाट । तपाईले के र कस्तो संस्कार पाउनु भएको छ, त्यो तपाइको वास्तविक जीवन सुरु भएपछि थाहा हुन्छ ।
………………………………………………………………………………………………………………………………..
‘सबैभन्दा पहिले आफुलाई प्रेम गर, त्यसपछि मात्र तिमीले सकारात्मक सोच राख्न सक्छौ, त्यसले तिमीलाई सुन्दर र उर्जावान बनाउँछ ।’
माथिको अज्ञात भनाईले जीवन बुझनलाई पहिला आफुलाई वुभ्mनु र आफैले आफैलाई माया गर्नुपर्छ भन्ने अर्थ लाग्छ । जबसम्म तपाई हुनुहुन्छ संसार तपाईको अगाडी नाचिरहेको हुन्छ । हासिरहेको हुन्छ । जगमगाईरहेको हुन्छ । मुस्कुराईरहको हुन्छ । केहि दिन खोजीरहेको हुन्छ, केहि दिलाउन खोजीरहेको हुन्छ । केही सिकाउन खोजीरहेको हुन्छ । केही नयाँ छाडेर जान आग्रह गरिरहेको हुन्छ । खुसी र आनन्दमा बाच्ने कला सिकाइरहेको हुन्छ । यस्ता अनेकन तितामिठा अनुभवहरुको भोगाई हरेक मानिसको ज्ञात अज्ञात जीवनमा लागुहुने कुरा हुन् । यसले जीवनको वास्तविक सुन्दरता झल्काउछ जुन अनन्तकालसम्म अझ सुन्दर भएर रहन सक्छ ।
जीवन भनेको आमाको गर्भमा आएदेखि सास रहेसम्मको हो । तर, वास्तविक जीवन भने त्यति बेला सुरु हुन्छ जतिबेरबाट तपाई आफैले आफैलाई बुझ्ने हुनुहुन्छ या तपाईले आफुलाई माया गर्र्न, आफैलाई संरक्षण गर्न थाल्नुहुन्छ । त्यो भनेको वास्तविक मानव जीवनमा प्रवेश गर्नु हो । जब हामी आमाको कोखबाट बाहिर आउछौ, एक निरीह, अज्ञानी अनि अर्काको साहारामा मात्र बाँच्न सक्ने पशु जस्तै हुन्छौ । तर, त्यो जीवनको एउटा महत्वपूर्ण पाटो हो जो विना हामी अगाडी वढनै सक्दैनौं । यो कटु यर्थाथ हो यसबाट हरेकले सिक्ने हो । जसरी कुमालेले काँचो माटोलाई उसले चाहे जस्तो भाडा बनाउन माटोलाई मुस्छ, खेलाउँछ र आकार दिन्छ । त्यसरी नै हामीलाई पनि सही आकार दिने काम कित हाम्रा मातापिताबाट हुन्छ, नभए आफन्तजनबाट अनि गुरुबाट । तपाईले के र कस्तो संस्कार पाउनु भएको छ, त्यो तपाइको वास्तविक जीवन सुरु भएपछि थाहा हुन्छ ।
सुन्दर जीवनको सुरुवात तव हुन्छ जब तपाई आफैलाई बुझेर आफ्नै सपनामा र विचारमा रमाउन थाल्नुहुन्छ । हामी साधारण उदाहरणबाट यसलाई बुझ्न सक्छौ । एउटा बालक जो धनाढ्य परिवारमा जन्मिन्छ । उसले खेलाउन पाउने खेलौना महंगा हुन्छन् । कपडा महंगा हुन्छन् । खाना राम्रो र स्वस्थकर होला । त्यही छेउमा एउटा गरिव परिवारको झोपडीमा हुर्किने बालक विना राम्रा कपडा, विना राम्रो पोसिलो खाना, माटामै भएका ढुङ्घा र माटामा फालिएका सामाग्री खेलाएर उतिकै खुसी हुन्छ जति त्यो धनाढ्य परिवारमा जन्मिएको नानी मह्गा खेलौना खेलाएर खुसी भएको हुन्छ, रमाइरहेको हुन्छ । आखिर खुसी र रमाउने विषय त यही हामी भित्र रहेको मन नै त हो रहेछ । तपाई आफै पनि महसुस गर्न सक्नुहुन्छ, यदि तपाई दिनभर परिश्रम गर्नुहुन्छ भने बेलुकाको खाना जे भेटे पनि बडो मिठो मानेर खानुहुन्छ र राती आनन्दले निदाउनु हुन्छ । यदि तपाई दिनभर काम नगरी बस्नुभएको छ, अरुका कुरा काट्नु भएको छ, कुनै सकरात्मक प्रभाव पार्ने काम गर्नु भएको छैन् भने तपाईलाई बेलुका जतिसुकै मिठो पकवान दिए पनि मिठो लाग्ने छैन् र आनन्दले गहिरो निद्रा पनि आउने छैन् । यो भनेको के हो ? यो जीवनको नराम्रो अथवा नकरात्मक पक्ष हो । जीवन यसरी जीउने होइन भन्ने संकेत हो । मानव भएर वाच्ने कला भनेको त अर्काको दुःखमा सहानुभूति प्रदान गर्ने हो, सकेको सहयोग गर्ने हो, सकरात्मक सन्देश फैलाउने हो । ‘दुःखको गास मिठो र गलेको शरीरको निद्रा गहिरो’ भन्ने त उखान नै छ नीे । जो मानव जीवनमा मात्र लागू हुन्छ ।
हुन त म र मेरो भन्ने शव्दले मानिसलाई घमण्ड र आफै ठूलो भन्ने परिचय दिनसक्छ । तर म भनेको एउटा अमूल्य रचना हो र म जस्तो अरु कोही पनि छैन् । यो कुरा वुझने हो भने म भित्र रहेको अथाह शक्ति सहि ठाउँमा प्रयोग हुन्छ । र, आफुमा भएको ज्ञान बाढिदिँदाको र अरुको ज्ञान लिदाको खुसी र आनन्द जीवनको सफलतामा टुंगिन्छ । म भित्र रहेका अथाह शक्तिलाई सहि ठाउँमा उपयोग या उपभोग गर्दा मेरो परिचय बेग्लै बन्न जान्छ । जसरी संसारका हरेक प्राणीको आफ्नै परिचय र विशेषता हुन्छ र न ऊ त्यो कति सुन्दर भनेर वर्णन गर्नेमा पर्छ । तर मानवको सुन्दरता बाहिरबाट देखिन्दैन । त्यो बाहिरबाट देखिएको सुन्दरता त क्षणिक मात्र हो । जस्तै एउटा चराको सुन्दरता उ जवान हुन्जेल मात्र हो । वुढो भएपछि खुइलिन्छ । मानिसको बाहिरी सुन्दरता पनि समयसँगै चाउरिन्छ । तर, तपाईले आर्जन गर्नु भएको ज्ञान र संभव तपाइको उमेर ढल्किदै जादा अझ सुन्दर भएर फक्रिन थाल्छ । तपाईका पाकेका केश यसका प्रमाण बन्छन् । यसको उदाहरणमा देशभक्त योदा, राजनेता, कवि, कलाकार, समाजसेवी अदिलाई लिन सकिन्छ जो मरेर पनि अमर रहे ।
जसरी समुद्र स्थिर र शान्त रहन्छ त्यसरी नै ज्ञान र संभवले भरिएको मानिस स्थिर र शान्त हुन्छ । ‘फलेको वृक्षको हाँगो नझुकेको कहा छ र’ भन्ने वैज्ञानिक उक्ति जस्तै हामी जति धेरै ज्ञान प्रप्त गछौ, जति धेरै अध्ययन, अरुको सेवा, अनुभव र सत्कारमा जुट्छौ, जति धेरै आफ्नो काम र कर्तव्यमा तल्ल्लिन हुन्छौ त्यति नै हामीमा करुणा र प्रेमले जरा गाड्न थाल्छ । त्यो भनेको सुख, खुसी, सुन्दर र आनन्दको सञ्चार हुनु हो । सानो उदाहरण, यदि तपाईले आज एकजना असाहयलाई यथासक्य सहयोग गर्नुभयो भने तपाईले कयौं दिनसम्म सकारात्मक संवेदनाहरु तपाईको अन्तर आत्मबाट प्राप्त गर्नुहुनेछ । त्यो सानो सहयोगले तपाईलाई सकारात्क कामहरु गर्न र सेवागर्न प्रेरित गर्नेछ । तपाई भोलिका लागि पनि आप्mनो आम्दानीको सानो हिस्सा छुट्टयाउन आफै प्रेरित हुनुहुनेछ । यसले तपाईमा सकारात्मक सन्देश थपिदै जानेछ र तपाई एउटा आफ्नै परिचय भएको मानिस बन्नु हुनेछ । सहयोग ठूलो र धेरै राशीको हुनुपर्छ भन्ने छैन् ।
हरेक कामको सुरुवात सानैबाट र प्रायः एक्लै हुनेगर्छ । पछि क्रमशः सहयोगी मनहरुबाट वृहत हुँदै जान्छ । तपाईको एउटा सानो सकारात्मक कार्यले धेरैको उद्धार या असाहयको सहयोग हुनसक्यो भने अब तपाईको खुसी कति धेरै होला आफै कल्पना गर्नुहोस । हो यही हो जीवनको सुन्दरता । र यो सुन्दरता सधै रहिरहन्छ । अमर बन्दछ ।
आज संसारका धेरै मानिसहरु यस्तै मनकारी संघ सस्थाहरुमा आवद्ध छन् । उनीहरुले हरेक वर्ष त्यस्ता सस्थाहरुलाई दान गरेको रकमले संसारका करोडांै असाहय मानिसका लागि खाना, आवास, शिक्षा र स्वास्थ प्राप्त भईरहेको छ । यदि तपाई यस्ता कुनै संस्थामा आवद्ध हुनुहुन्छ र हरेक वर्ष केहि दान गरिरहनु भएको छ भने तपाई पक्कै पनि खुसी भएको हुनुपर्छ । किनकी तपाईको सानो सहयोगले कतै न कतै राहत मिलिरहेको हुन्छ । एउटा मननिय भनाई छ, ‘दिएर विर्ष तर लिएर कहिल्यै नविर्स’ । यो भनाइ भित्र ठूलो खुसी लुकेको छ । विचार गर्नुहोस यदि तपाइले कसैको पैसा या केही वस्तु लिनु भएको छ भने तपाइको भित्री मनले कति बेला बुझाउन पाए आनन्द हुने थियो भन्ने लागिरहन्छ, खटपटी भइरहन्छ र तिरेपछि आनन्द आउछ । तर, यदि तपाईले कसैको अभरमा थोरै भए पनि केहि दिनुभएको छ भने दिएकै दिन देखि मनमा एक प्रकारको आनन्द महसुस हुन्छ । सानै भए पनि कसैको सहयोगी त हुनसके भन्ने कुराले आनन्द महषुस हुन्छ । उसले त्यो सहयोग फिर्ता गर्छ गर्दैन भन्दा पनि म पनि उसको असहजतामा सहजकर्ता बन्न पाएकोमा खुसी महशुस गर्नुहुन्छ । त्यसैले खुसी र सुखी जीवन हाम्रै हातमा लुटपुटीरहेको हुन्छ । मात्र हामीले त्यसलाई बुझेर सदुपयोग गर्ने हो । खुसी र सुख खोज्न कही जानु पर्दैन ।
प्रेम शव्दभित्र अथाह सुख लुकेको हुन्छ, सुन्दरता लुकेको हुन्छ । संसारका हरेक वस्तु माथि हामी प्रेम गर्न सक्छौं । यदि तपाई केही कारणले दुखी हुनुहुन्छ भने कुनै उडिरहेको चरालाई नियाल्नुहोस र कल्पना गर्नुहोस उसका परिवारमा को को होलान ? घाम पानी हावा वतासमा कहाँ वस्ता हुन्, के खाँदा हुन्, कतै व्याधाले उनीहरुको प्यारो सन्तान त मारिदिएन ? यी जिज्ञासाले तपाईभित्र रहेको प्रेम उसमाथि जाग्रित हुनथाल्छ र तपाई आफुमा भएको पीडा हराउदै जान्छ । तपाई कुनै करणले निक्कै चिन्तित हुनुभयो भने बाटामा हिँड्ने असख्य मानिसहरुको भीडलाई एकोहोरो नियाल्नुहोस र कल्पना गर्न थाल्नुहोस, कि यी असख्य मानिसहरु यसरी सडकमा हिँड्नुको पक्कै पनि आ–आफ्नै कारण छन् । कति खानाको खोजीमा भौतारिरहेका होलान्, कति कामको खोजीमा त कति हराएका आफन्त खोज्न हिडेका होलान, कति कसैको दुःखमा सहानुभूति दिन हिँडेका होलान, कति प्रेम फैलाउदै, सहयोग गर्दै हिँडेका होलान अनि कति आफ्नै स्वार्थ पूर्तिमा । यस्तै मेरो पनि यो क्षणिक समयको पीडा हो, असहजता हो अनि अभाव हो । समयले मलाई पनि ती बटुवा मध्ये कति राम्रो काम र सेवा गर्न हिँडे जस्तै सहि मार्गमा लैजाने छ अनि प्रेमले भरिभराउ पर्ने छ । आज नभएको खुसी भोली आउँने छ अनि आज रोपेको फल भोली पाक्ने छ, आज भएको अभाव भोली टर्ने छ । यस्ता सोच र विचारले अनि प्रेमले भरिएका ती आँखाले गरेका अनगिन्ती अडकलले तपाईको पिडा घटाएको महशुस गर्ने छ । थोरै भए पनि मनमनै खुसी ल्याउने छ । अति सुख पछि दुःख, हाँसोपछि रोदन, दुःखपछि सुख अनि विछोडपछि मिलन यही प्रकृतिको नियम हो । यही नियमलाई वुझेर चल्ने हो भने जीवन धेरै सुन्दर छ । यही सुन्दरताले संसार टिकेको छ ।
अर्को महत्वपूर्व कुरा के हो भने हामीभित्र रहेको अन्तरआत्मा जहिले पनि द्रस्टाको रुपमा मात्र रहने गर्छ । यसले जब विचार, मन, र सोचमा भ्रम या अगाडिको असहजता देखापर्न थाल्छ, त्यो समयमा अन्तरआत्मा(चेतना)ले केहि निर्णयहरु र बाटाहरु देखाउँछ । जस्तै यदि तपाईलाई विहान ५ वजे उठनै पर्ने भयो तपाईसँग घडी या आलराम केही पनि छैन् । तपाई ओछयानमा ढल्किएर तपाईको अन्तरअत्मालाई भन्नुहोस भोलि ५ बजे जसरी पनि उठनु छ । तपाईलाई उठाउने छ । तपाई हरेक दिन भोलिको राम्रो र आफुले गर्न चाहेको र औकात अनुसारको काम गर्ने अठोट तपाईको अन्तरआत्मालाई सुनाउनुहोस । हरेक दिन यही गर्नुहोस तपाईले नसोचेको उपाय पाउनुहुनेछ । र, काम बन्नेछ । यदि तपाई व्यापार राम्रो होस भनेर हरेक दिन यही प्रार्थना गर्नुहुन्छ र राती सुत्नेबेलामा पनि अन्तरआत्मालाई यही सुनाउनु हुन्छ भने अवश्य राम्रो हुँदै जान्छ । धेरै असहज पिडा, अभाव या सेवाभाव भए पनि प्राप्तगर्ने उपाय भएन भने उही कुरा सुत्ने बेलामा राख्नुहोस आफैलाई भन्नुहोस म सफल भएरै छाड्छु । म यो गरेरै छाड्छु । किनकी यसले राम्रो सन्देश दिन्छ । तपाई सफल हुनुहुनेछ । आर्थिक अभाव जुटने छ । यो भनेको हामी भित्रै रहेको आत्मा या इश्वरको सहयोग हो । उसले सहि बाटो तर्फ लम्किन देखाएको बाटो हो । सास्त्रमा भनिएकै छ,‘अह्म ब्रमास्मी ।’ अर्थात म नै ब्रह्म हुँ । म नै मेरो शरीरको मालिक हुँ । हो मालिक हो भने उसमा राम्रो नराम्रो देख्ने र प्रोत्साहन या दण्डित गर्ने सार्मथ्य पनि राख्दछ । त्यसैले आफुसँग असहजता, अभाव या कन्प्mयुजन या अनिर्णय भएमा उसै ब्रह्मलाई सुनाउने हो । उसैबाट उत्तर माग्ने हो । समाधान माग्ने हो । यसले सदा आत्मनिर्भर, असल बन्न र सफल बन्न सहयोग गर्ने छ ।
तपाई या अरु कसैलाई मैलो ठूलो काम गर्न सकिन, धेरै पैसा कमाउन सकिन भन्ने कुरामा चिन्तित हुनुहुन्छ भने या अरुले जस्तो गाडी किन्न सकिन भन्ने लाग्नु स्वभाविक हो । तर, यदि तपाई मेरा लागि यी सोख मात्र हुन आवश्यकता होइनन् भनेर तपाइको ब्रह्मलाई सुनाउनु हुन्छ भने गाडी हुनेहरु भन्दा, धेरै पैसा कमाउनेहरु भन्दा तपाईमा धेरै खुसी र सुख त्यी ब्रह्मले प्रदान गर्ने छ । तपाई असल हुनसक्नु भयो भने र आफैमा सन्तोष महशुस गर्न सक्नु भयो भने यो भन्दा ठूलो सम्पत्ती, प्राप्ती र आनन्द कसलाई हुनसक्छ र ? उदाहरणका लागि साधुसन्त जो सधै खुसी र रमाइरहेका हुन्छन् तर उनीहरुसँग न त घर छ न गाडी न सम्पत्ति ।
त्यसैले हरेक असहज अवस्थामा हामी विगतका राम्रा कुराहरुलाई, विगतका सफलतालाई बारम्बार सम्झिनु पर्छ । भोलि म पनि सुख महसुस गर्ने छु भन्ने भावना आइरहेमा पक्कै पनि राम्रो भएर जाने छ । अझ यो कोरोनाकालमा त घरमै बसेका बेलामा र आयस्रोत नभएको अवस्थामा हामी हरेकलाई मनमा अनेक नकरात्मक सोचहरु आउँछन्,त्यो स्वाभाविक पनि हो । यसका कारण मनलाई शान्त राख्न सक्नुपर्छ । मन अशान्त,तनावलाई सामान्यीकरण गर्न सक्नुपर्छ । विकृत सोचले आफै देहत्याग सम्म गर्नै सोचले गाज्न सक्छ । धेरैले त अपनाएको पनि सुनिन्छ । यसबाट बच्ने सहज उपाय भनेको विगतका उपलव्धिलाई सम्झिने र सुखद भविष्यको कामना गर्ने हो । योग, ध्यान र परिवारमा हासीमज्जा गर्ने हो । मन परेको पुस्तक पढने, लेख्ने राम्रो फिल्म हेर्ने आदि गरेमा यो असहज अवस्थाको सामना सजिलै गर्न सकिन्छ ।
(लेखक, रीता होमियो क्लिनिक सेन्टर दमकका सेन्टरका सञ्चालक हुन् ।