बिर्तामोड , २ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले ) बिर्तामोडले कोरोना संक्रमितहरुका लागि ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराउने भएको छ ।
हाल भइरहेको अक्सिजन सिलिन्डरको चरम अभावको मध्यनजर गर्दै एमाले नगर कमिटीले ५० थान अक्सिजन सिलिन्डर बिर्तामोड नगर अस्पताललाई उपलव्ध गराउने पार्टीका नगर सचिव सुवास भट्टराईले बताए ।उनले त्यसका लागि पार्टी परिवार ,आम उद्योगी व्यवसायी ,जनप्रतिनिधि ,कर्मचारी तथा दाता महानुभावहरुलाई सहयोग गर्न अनुरोध गरेका छन् ।