
झापा , जेठ २ । झापाको गौरादह नगरपालिका वडा नं २ मा नेपाली कांग्रेसले प्यानलै जितेको छ ।वडाध्यक्षमा गोपालप्रसाद कोइरालासहित कांग्रेसले प्यानलमा विजयी हासिल गरेको हो । कोइरालाले १०६८ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका डिल्लीराम काफ्लेले ९९८ मत ल्याएका छन् । सदस्यमा कांग्रेसका शंकरप्रसाद कट्टेलले १०३० , उत्तमबहादुर बस्नेतले ९५६ , महिला सदस्यमा बिमला बाँस्तोलाले १०६२ र दलित महिला सदस्यमा अम्बिका वर्देवाले १०६५ मतसहित विजयी भएका छन् । सो वडामा यसअघि कांग्रेसले नै वडाध्यक्ष जितेको थियो ।
अर्जुनधारा २ को वडाध्यक्षमा कांग्रेस
झापाको अर्जुनधारा नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्रकुमार श्रेष्ठले जितेका छन् ।वडाको अन्तिम मतपरिणाम अनुसार एमालेका तुलसीप्रसाद खतिवडालाई पराजित गरी श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले १५०८ मत ल्याउँदा खतिवडाले १२२६ मत पाएका छन् । कांग्रेसका श्रेष्ठले वडाध्यक्ष जितेपनि चारवटा सदस्य पद भने एमालेले जितेको छ । खुल्ला सदस्यमा बलबहादुर समाल मगर ११०४ , प्रेमबहादुर उपरकोटी १०४८ , महिला सदस्यमा शर्मिला सुब्बा ११४९ र दलित महिला सदस्यमा विमला रोक्का १२७६ मतसहित निर्वाचित भएका छन् । ।
कमल ३ मा एमालेको प्यानलै निर्वाचित
कमल गाउँपालिका वडा नं ३ मा नेकपा एमालेले प्यानलै जितेको छ ।वडाध्यक्षमा अग्नीप्रसाद कोइरालासहित एमालेले प्यानलमा विजयी हासिल गरेको हो । कोइरालाले १७३९ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका गौरीमान फागोले १४२८ मत ल्याएका छन् ।सदस्यमा एमालेका एंगल गुरुङले १६०४ , सन्तकुमार मगरले १५६८ , महिला सदस्यमा भगवति राई १६७० र दलित महिला सदस्यमा केसरा नेपाली वर्देवाले १७१५ मतसहित विजयी हासिल गरेका छन् ।
भद्रपुर ४ मा माओवादीका राजवंशी निर्वाचित
नेकपा माओवादी केन्द्रले झापामा खाता खोलेको छ ।भद्रपुर नगरपालिका ४ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेको हो । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हंशधर राजवंशीले नेकपा एमालेका पूर्णबहादुर लिम्बूलाई ३३१ मतले पराजित गरेका हुन् । राजवंशीले १२६६ र लिम्बूले ९३५ मत ल्याएका छन् । राजवंशी निवर्तमान वडाध्यक्ष हुन् ।
सदस्यमा भने एमालेका तीन र माओवादीका एकजना निर्वाचित भएका छन् । खुल्ला सदस्यमा एमालेका माधवप्रसाद अधिकारी ९४२ , अर्जुन बानिया ८९८ र दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा ८६५ मतसहित विजयी भएका छन् भने महिला सदस्यमा माओवादीकी सविता पुरी १०२० मत ल्याई निर्वाचित भएकी छन् ।