उर्लावारी ,२ जेठ । सडक दुर्घटनाबाट दमकका एक युवाको ज्यान गएको छ ।विहिवारराति मोरङको उर्लाबारी ३ स्थित पुरानो मंगलवारेमा ट्यांकरको ठक्करबाट दमक नगरपालिका वडा न. ९ निवासी ३६ बर्षिय मनकुमार लिम्बूको ज्यान गएको प्रहरीले जनाएको छ ।
उर्लाबारीबाट पथरीतर्फ जाँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकललाई पश्चिमबाट उर्लाबारीतर्फ आउँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्यांकरले राति ११ वजे तिर ठक्कर दिएको थियो । ठक्करबाट गंभीर घाइते लिम्बूलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा सामान्य उपचारपश्चात् थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा राति १ः३५ बजे नै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल र ट्यांकर चालक बारा जितपुरसिमरा उपमहानगरपालिका २२ बस्ने २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा राखिएको छ भने ट्यांकर अस्थायी प्रहरी पोष्ट तारावारीमा राखिएको छ ।