यातायात मजदुरहरुद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

दमक,३ जेठ । दमकको यातायात मजदुरहरुको संस्था नेपाल यातायात मजदुर संघ हलुका सवारी चालक इकाई समितिले कमल ५ सितापुरीस्थित सिद्धदेवी आधारभूत विद्यालयका १३० जना विद्यार्थीहरुलाई विद्यालय पोशाकसहित शैक्षिक सामाग्रीहरु प्रदान गरिएको छ ।
सामाजिक कार्य अन्तर्गत संघले त्यहाँका २० जना अतिविपन्न विद्यार्थीलाई विद्यालय पोशाक तथा अन्य सबै विद्यार्थीलाई कापी,पेन्सिल लगायतका शैक्षिक सामाग्रीहरु वितरण गरिएको अध्यक्ष दिनेश भट्टराईले बताए ।
ती सामाग्रीहरु नेपाल यातायात मजदुर संघका केन्द्रीय सचिव विश्वास कास्यप, कोशी प्रदेश उपाध्यक्ष गान्धीप्रसाद भण्डारी, विद्यालयका अध्यक्ष भिमराज राई, प्रअ कौशीला पौडेल,ट्राफिक कार्यालय दमकका प्रहरी सहायक निरीक्षक बलिराम खबास लगायतले हस्तान्तरण गरेका थिए । सोहि अवसरमा संस्थाले ट्राफिक प्रहरी कार्यालय दमकको समन्वयमा विद्यार्थीहरुलाई सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा संघमा आवद्ध यातायात मजदुरहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.