वाइसीएलद्धारा रेल योजना कार्यालयमा तालाबन्दी

दमक,२ जेठ । नेकपा माओवादी निकट योङ कम्यूनिष्ट लिग ( वाइसीएल )ले दमकमा रहेको रेल विभागको रेल योजना कार्यालयमा तालाबन्दी गरेको छ ।वाइसीएल दमक नगर कमिटीका अध्यक्ष जोन बुढाथोकी नेतृत्वमा आज कार्यालय पुगेको एक टोलीले दमक ७ मा रहेको रेल कार्यालयमा तालाबन्दी गरेका हुन् ।
रेल योजना सञ्चालन गर्ने नाममा कर्मचारी पोस्ने मात्र भएको तथा सेटिङमा कमाउधन्दा मात्र गरिआएकाले ती कार्यालय जनताको पक्षमा नभएकाले बाँध्य भएर तालबन्दी गर्नुपरेको वाइसीएल नेपालका केन्द्रीय सदस्य निशान मगरले जानकारी दिए ।
यसअघि दमकमा वाइसीएल नेपालले आयोजना गरेको भ्रष्टाचार विरोधी अभियानका क्रममा वाइसीएल नेपालका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज डम्बर पुलामी कर्माले एकहप्ताभित्र कार्यालय बन्द गर्न अल्टिमेटम दिएका थिए । अल्टिमेटमको दुईदिन नवित्तै रेल योजना कार्यालयमा तालाबन्दी गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published.