दमक,२ जेठ । दमक नगरपालिकाको बेरुजु १.२७ प्रतिशत अर्थात ४ करोड १ लाख ८ हजार रहेको पाईएको छ ।महालेखा परीक्षकको ६२ औ बार्षिक प्रतिवेदन २०८२ का अनुसार सवैभन्दा बढी मेचीनगर नगरपालिकामा २२ करोड ५६ लाख रुपैयाँ बेरुजु देखिएको उल्लेख छ ।जिल्लाका १५ वटा स्थानीय तह मध्ये मेचीनगरमा सबैभन्दा बढी र सवैभन्दा कम बाह्दशी गाउँपालिका रहेको पाइएको हो ।
महालेखा परीक्षक तोयम रायाले सार्वजनिक गरेको प्रतिवेदन मेचीनगरमा २२ करोड ५६ लाख १२ हजार रुपैयाँ र सवैभन्दा कम बाह्रदशीमा ०.७२ प्रतिशत अर्थात ७५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।
मेचीनगरपछि सबैभन्दा बढी बेरुजु हुने दोस्रोमा कचनकवल गाउँपालिका रहेको छ । कचनकवलमा ४.५१ प्रतिशत अर्थात ६ करोड ४३ लाख १ हजार रुपैयाँ बेरुजु रहेको छ
त्यस्तै तेस्रो स्थानमा रहेको बुद्धशान्ति गाउँपालिकामा ४.१० प्रतिशत अर्थात ६ करोड ४४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ । बिर्तामोड नगरपालिकाको ३.२४ प्रतिशत अर्थात १० करोड ५५ लाख २८ हजार , भद्रपुर नगरपालिकाको २.९८ प्रतिशत अर्थात ६ करोड ३० लाख ५६ हजार , शिवसताक्षी नगरपालिकाको १.७६ प्रतिशत अर्थात ३ करोड ९७ लाख ९७ हजार , अर्जुनधारा नगरपालिकाको ३.४४ प्रतिशत अर्थात ६ करोड ३७ लाख १९ हजार ,
कन्काई नगरपालिकाको २.७९ प्रतिशत अर्थात ४ करोड ४१ लाख ४२ हजार , गौरादह नगरपालिकाको १.९२ प्रतिशत अर्थात ३ करोड ९७ लाख ३८ हजार , गौरीगञ्ज गाउँपालिकाको १.५२ प्रतिशत अर्थात १ करोड ९६ लाख ३७ हजार , कमल गाउँपालिकाको १.९३ प्रतिशत अर्थात ३ करोड ७७ लाख ३८ हजार , झापा गाउँपालिकाको १.०२ प्रतिशत अर्थात १ करोड १५ लाख ३१ हजार र हल्दिवारी गाउँपालिकाको ३.२१ प्रतिशत अर्थात ४ करोड ३७ लाख ३४ हजार रुपैयाँ बेरुजु रहेको छ ।
अघिल्लो वर्ष सबैभन्दा बढी बिर्तामोड नगरपालिकाको र सबैभन्दा कम झापा गाउँपालिकाको बेरुजु रहेको थियो ।