दमक,३ जेठ । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) झापाले ३१ औ मदनआश्रित स्मृति दिवसका अवसर पारेर विहिबार जिल्लाको कमल गाउँपालिका ५ स्थित पाडाजुंगीमा आयोजना गरेको खुल्ला रक्तदानमा १२४ पिन्ट रगत संकलन भएको छ ।
एमाले कमल गाउँकमिटीको व्यवस्थापनमा भएको रक्तदानमा पार्टीका नेता,कार्यकर्ताहरु, सर्वसाधारणहरु गरि १३ महिलासहित १२४ जनाले रगतदान गरेको एमाले झापाले जनाएको छ ।
पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीको अध्यक्षता तथा पोलिटव्यूरो सदस्य बिशाल भट्टराईको प्रमुख आतिथ्यतामा भएको रक्तदानमा पार्टीका नेता,कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो । रक्तदानमा सहभागिहरुलाई प्रंशसापत्र समेत वितरण गरिएको थियो ।रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको भएको थियो ।