
झापा,१ जेठ । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २४ पालिकाको परिणाम सार्वजनिक भएको छ ।अहिलेसम्म १० पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छन् । नेपाली काँग्रेसले ९ वटाको प्रमुखमा जित हासिल गरेको छ । माओवादी केन्द्र ३ पालिका प्रमुख जितेर दोस्रोमा छ भने नेकपा एकीकृत समाजवादी २ पालिका प्रमुख जितेर तेस्रो छ ।एकीकृत समाजवादीले डोल्पाका दुई गाउँपालिका निर्विरोध जितेबाहेक अन्यत्र सफलता पाएको छैन ।
अहिलेसम्म कहाँ कसले जिते ? हेर्नुस सूचि ?
एमालेले प्रमुख जितेका स्थानीय तह
१, से फोक्सुण्डो गाउँपालिका – डोल्पा
२, चामे गाउँपालिका – मनाङ
३, ङिस्याङ गाउँपालिका– मनाङ
४, घेकर दामोदरकुण्ड गाउँपालिका – मुस्ताङ
५,लोमन्थाङ गाउँपालिका –मुस्ताङ
६, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका –मुस्ताङ
७, खुम्बु पासाङल्हामु गाउँपालिका– सोलुखुम्बु
८, साइपाल गाउँपालिका–बझाङ
९, नवलपुरको बौदीकाली –नवलपरासीपूर्व
१०, थलरा गाउँपालिका– बझाङ
नेपाली काँग्रेसले प्रमुख जितेका स्थानीय तह
१, नार्पाभूमी – मनाङ
२,घरपोझोङ – मुस्ताङ
३, नासो गाउँपालिका–मनाङ
४, गुल्मी दरबार गाउँपालिका– गुल्मी
५, गन्यापधुरा गाउँपालिका– डडेलधुरा
६, रेसुङ्गा नगरपालिका– गुल्मी
७, खार्पुनाथ गाउँपालिका –हुम्ला
८, बडिकेदार गाउँपालिका– डोटी
९,तमानखोला गाउँपालिका–बागलुङ
माओवादी केन्द्रले जितेका स्थानीय तह
१, जगदुल्ला गाउँपालिका– डोल्पा
२, नौमुले गाउँपालिका– दैलेख
३, ताराखोला गाउँपालिका– बागलुङ
नेकपा एकीकृत समाजवादीले प्रमुख जितेका स्थानीय तह
१, काइके गाउँपालिका – डोल्पा
२,छार्का साङतोङ गाउँपालिका – डोल्पा