मिक्लाजुङ २ मा श्रेष्ठ वडाध्यक्षमा निर्वाचित

उर्लाबारी, १ जेठ । मोरङको मिक्लाजुङ गाउँपालिकाको वडा न. २ मा २४ वर्षीय बलबहादुर श्रेष्ठ वडाध्यक्षमा निर्वाचित भएका छन् । सो वडामा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका श्रेष्ठको नै प्यानल बिजयी भएको छ । उनी देशकै कान्छो वडाध्यक्ष बन्न सक्ने निर्वाचन अधिकृत रामकृष्ण श्रेष्ठले बताए ।

श्रेष्ठ (७६१ ) , खुल्ला सदस्य रेवत खड्का (५५४),खुल्ला सदस्य हेमराज कटुवालमा (५७०), महिला सदस्य उषा राई (५४३ ), दलित महिला सदस्यमा शर्मिला विकले (५४८) मत प्राप्त विजयी भए । श्रेष्ठले वर्तमान वडाध्यक्ष गौरीप्रसाद राईलाई हराएका हुन् ।
यस्तै वार्ड नम्बर १ मा पनि नेपाली काङग्रेसका उमेद्वार पर्बत राईको प्यानल बिजयी भएको छ । त्यहाँ नेकपा एमाले र नेकपा माओबादी केन्द्र बीच गठबन्धन भएको थियो । कम्युनिष्ट गठबन्धनलाई २५३ मतान्तरले हराउँदै पर्वत राई वडाध्यक्षमा निर्वाचित भए । वडाध्यक्षमा निर्वाचित राइले ९२९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी उमेश राईले ७०२ मत प्रात गरे ।
त्यस्तै खुल्ला सदस्य तर्फ कांग्रेसका पासाङ तामाङले ९०८,टेकबहादुर राईले ९०७ मत, महिला सदस्य लोकमाया राइले ९११ मत र दलित महिला सदस्य कल्पना घिमिरेले ९२२ मत प्राप्त गरेका छन् । कम्युनिष्ट पार्टीको आधार क्षेत्र मानिएको मिक्लाजुङ १ उत्तर पूर्वी मोरङको पाँचथर र इलामसँग जोडिएको तत्कालिन रमितेखोला गाविस हो ।
यता मोरङको कानेपोखरी गाउँपालिकामा १ र ७ नं वडाको अन्तिम नतिजा आएको छ । प्राप्त अन्तिम मत परिणाम अनुसार नेकपा एमालेले वडा न. ७ मा प्यानल र नेपाली कांग्रेसले वडा नं १ मा बहुमत सदस्य जितेका छन् ।
वडा नं ७ मा एमालेका तर्फबाट मोहनप्रसाद अधिकारी १३ सय २८ मत प्राप्त गरी विजयी भए । वडा नं १ मा नेपाली कांग्रेसका रत्नबहादुर कार्कीले ११ सय ८ मत प्राप्त गरी बिजयी भए ।

Leave a Reply

Your email address will not be published.