दमक १ मा एमालेको प्यानलै विजयी

दमक, जेठ १ । दमक वडा नं १ मा नेकपा एमाले प्यानल नै विजयी भएको छ ।आज बिहान सार्वजनिक गरिएको मतपरिणाम अनुसार वडाध्यक्षमा एमालेका हरि नेउपानेको प्यानल विजयी भएको हो ।
मतपरिणाम अनुसार अध्यक्षमा नेउपानेले १२ सय ८८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी गठबन्धनका तारा अधिकारीले १२सय ६३ मत ल्याएका छन् । यसैगरी महिला र दलित महिला सदस्यमा एमालेका उम्मेद्वारले क्रमशः १३सय १६ र १३ सय ९ मत ल्याएका छन् । यसैगरी खुला सदस्यमा क्रमश १२ सय ६६ र १२ सय २९ मत ल्याएर एमालेका उम्मेदवारहरु विजयी बने । गएको स्थानीय तहको निर्वाचनमा राप्रपाका अधिकारीले आफना प्रतिष्पर्धी एमालेका उनै नेउपानेलाई ८ मतले हराएका थिए ।
यो वडामा मेयरमा एमालेकी गीता अधिकारीले गठबन्धनलाई ४१ मतले पछाडी पार्दै अग्रता कायम राखेकी छन् । उपेमयरमा एमालेका अम्बिका खनालले ११सय ४९ ल्याउँदा गठबन्धनकी रेगिना प्रसाईंले १२ सय ८४ मत ल्याएर अग्रता कायम गरेकी छन् ।
शिवसताक्षी १ मा एमालेको प्यानल विजयी
शिवसताक्षी नगरपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।त्यहाँ वडा नं १ को मतगणना सकिएको र एमालेका उम्मेदवारहरु विजयी बनेको निर्वाचित भएको निर्वाचन अधिकृत ऋषि पौडेलले बताए ।
सो वडामा एमालेका तर्फबाट वडाध्यक्षमा लक्ष्मीप्रसाद चेम्जोङ, महिला सदस्य उमा माझी , दलित महिला सदस्य निर्मला पौडेल बराइली , खुल्ला सदस्यमा नारायणप्रसाद रिजाल , पूर्णजंग चेम्जोङ उम्मेदवार रहेका थिए ।

Leave a Reply

Your email address will not be published.