लायन्स क्लब अफ दमक गरिमाको नेतृत्व चयन

दमक,१ जेठ । लायन्स क्लब अफ दमक गरिमा बर्ष २०२१-०२२ को लागि नेतृत्व चयन भएको छ । क्लबको नेतृत्व दमकका स्थापित युवा व्यवसायी नविन अग्रवालले सम्हालेका छन ।

उनी दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य समेत हुन । अग्रवालको अध्यक्षतामा पदाधिकारीहरुसहित अन्य विभिन्न विभागीय जिम्मेवारीहरुको बाँडफाँड गरिएको छ । क्लबको प्रथम उपाध्यक्षमा मुकुन्द आचार्य, द्धितीय उपाध्यक्षमा रेवत बस्नेत, तृतीय उपाध्यक्षमा जिवन चौहान र कोषाध्यक्षमा ख्याम प्रसाद न्यौपाने , सहकोषाध्यक्षमा विशाल विष्ट, सचिवमा दिनेश सुवेदी, सहसचिवमा गोपाल काफले, क्लब डाइरेक्टरमा भोला बराल र दिपेन्द्र ढुंगेल, क्लबको सल्लाहकारमा राजकुमार थापा रहेका छन । त्यसैगरी सदस्यहरुमा राजकुमार गुप्ता, पंकज अग्रवाल, ओम पोखरेल, दिनेश अधिकारी, र नारायण गौतम रहेका छन ।

त्यसैगरी विभिन्न विभागीय जिम्मेवारीहरु प्रदान गर्ने क्रममा देवी प्रसाद कोइरालालाई स्थानीय तह समन्वय संयोजक, लक्की सिटौलालाई क्लब मेम्बर चियर पर्सन , सागर श्रेष्ठलाई सर्भिस को–अर्डिनेर, केशव अग्रवाललाई लायन्स फाउण्डेशन संयोजक, इन्द्र बहादुर बोहोरालाई जनसम्पर्क संयोजक, पंकज शर्मालाई मार्केटिङ कोअर्डिनेटर र विष्णु पौडेललाई सञ्चार समन्वय संयोजकको जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published.