अभियानमार्फत झापामा अक्सिजन बैंक स्थापना र एक करोड संकलन गर्ने

झापा, १ जेठ । एकका लागि एक अभियानले झापामा कोरोनाको दोस्रो लहरलाई लक्षित गरी तीन वटा कार्यक्रम एकैसाथ घोषणा गरेको छ । अभियानले आज भर्जुअल माध्यममार्फत पत्रकार सम्मेलन गरि थप तीन वटा कार्यक्रमको एकैसाथ घोषणा गरिएको संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।

उनका अनुसार कोरोनाको दोस्रो लहरमा जिल्लामा अभियानले थप अक्सिजन बैंक स्थापना गर्ने, संक्रमित परिवारलाई खाद्य सामाग्री उपलब्ध गराउन एक करोड संकलन गर्ने र एक्स–रे मेसिन खरिद गरेर सञ्चालनमा ल्याउने कार्यक्रम घोषणा गरेको छ । चीनबाट ४ सय भन्दाबढी अक्सिजन सिलिण्डर आयात गर्ने संयोजक गिरीले बताए ।

कोरोनाको पहिलो चरणमा एकका लागि एक अभियानले पीसीआर ल्याव स्थापना गर्नेदेखि गरिव विपन्न नागरिकलाई खाद्यान्न वितरण गरेको थियो । भर्चुअल बैठकमा अभियानका संयोजक गिरीले गत वर्षको आम्दानी र खर्च समेत सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा सहारा नेपालले एकसय थान अक्सिजन सिलिण्डर सहयोग गर्ने घोषणा गरेको छ ।

यस्तै, अष्ट्रेलियाबाट दिपक खनालले १० थान, अन्तराष्ट्रिय झापाली सरोकार समाजले अक्सिजन बैंकलाई एकसय थान सिलिण्डर उपलब्ध गराउने घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published.