दमक,१ जेठ । दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले यसवर्ष पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।संस्थाले आफनो बार्षिक कार्यक्रम अनुसार यसवर्ष पनि यहि जेठ ३ गते खुला रक्तदान गर्ने भएको हो । रक्तदान सहकारीको आफनै कार्यालयमा विहान ८ वजे हुने र यसको तयारी अन्तिम चरणमा रहेको कार्यक्रम संयोजक पारषमणि राईले बताए ।
संस्थाले बर्षेनी बार्षिक कार्यक्रम अन्तर्गत रक्तदान जीवनदान भन्ने सन्देसका साथ रक्तदान कार्यक्रम सञ्चालन गरिआएको छ ।संस्थाका अध्यक्ष लछुदास राईले जीवन बचाउने जस्तो पवित्र कार्यमा सहभागि भईदिन सवैसंग अनुरोध गरेका छन् ।