हावाहुरीले घर भत्किदा मगरको ज्यान गयो

दमक,१ जेठ । हावाहुरीले घर भत्किदा झापाको हल्दिबारीमा एक जनाको ज्यान गएको छ ।हल्दिवारी गाउँपालिका- ५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको आफनै टाडे घर भत्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार गएराती करिब १२ बजे आएको हावाहुरीका कारण टिन र काठले बनेको घरको बिमले थिचेर उनको घटनास्थलमा मृत्यु भएको थियो ।
घर भत्किएको देखेपछि त्यहाँ पुगेर छरछिमेकीले हेर्दा उनको मृत्यु भईसकेको अवस्थामा फेला पारेका हुन् ।घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.