दमक,२ जेठ । दमक नगरीकै अव्वल शैक्षिक संस्थाका रुपमा चिनिएको दमक- ८ स्थित झापा मोडल अंग्रेजी माध्यमिक विद्यालय (जेम्स) ले विद्यार्थीहरुको हेण्डराईटिङ क्षमता अभिबृद्धि बढाउन विशेष कक्षा सञ्चालन गरेको छ ।
कक्षा १देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई लक्षित गरि त्यस किसिमको कार्यक्रम शुरु गरिएको विद्यालयले जनाएको छ ।विद्यालयका प्रिन्सीपल सागर श्रेष्ठका अनुसार बार्षिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुका लागि हेण्डराईटिङ क्षमता अभिबृद्धि सम्बन्धी अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । तीनदिनदेखि विषयगत सहजकर्ताको प्रत्यक्ष कक्षागत तालिम सञ्चालनमा रहेको उनले बताए ।
यस कार्यक्रमबाट विद्यार्थीले अक्षर कसरी राम्रो लेख्न विषयमा सिकाई प्रदान गरिने कार्यक्रमको लक्ष्य छ । प्रिन्सीपल श्रेष्ठले यस कार्यक्रमबाट विद्यार्थीहहरुले आफनो लेखन शैली आर्कषक मात्र नभएर सुधार गर्नुपर्ने उपायहरुका बारेमा समेत जानकारी हासिल गर्ने उनको भनाई छ ।
विद्यालयले यसअघि समेत यसकिसिमको कार्यक्रम सञ्चालन गरेको थियो । एक साता लामो यसपटकको यो कार्यक्रम अंग्रेजी र नेपाली भाषामा एकै साथ विशेष कक्षा सञ्चालनमा रहेको विद्यालयका निर्देशक जयवहादुर श्रेष्ठ बताउँछन् ।