
कमल,१ जेठ । झापाको कमल गाउँपालिका वडा न. १ र कचनकवल १ मा नेपाली कांग्रेसले प्यानलनै जितेको छ ।
आज बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार कमल १ को वडाध्यक्षमा पुनः केदार कटुवालसहित गठबन्धनको प्यानल नै विजयी भएको छ । उनी कांग्रेस कमलका उपसभापति तथा वर्तमान वडाध्यक्ष समेत हुन् ।
कटुवालले १७८६ मत ल्याइ बिजयी भएका हुन् । उनका प्रतिद्वंन्द्वी एमालेका उम्मेद्वार श्याम कार्कीले १ हजार ६३ मत ल्याएका छन् ।
त्यसैगरी खुला महिला वडा सदस्यमा बालकुमारी प्रसाईले १ हजार ६७५, दलित महिला वडा सदस्य कमल विकले १ हजार ६६०, खुला वडा सदस्यमा चैतन्य चम्लागाईंले १ हजार ६०९ र अर्का खुला वडा सदस्यमा भोला दुलालले १ हजार ५९५ मत ल्याई गठबन्धनको सिंगो टीम नै विजयी बनेको हो ।
त्यसैगरी खुल्ला महिला सदस्यमा १६७५,दलित महिला सदस्य १६६०, खुल्ला पुरुष १६०९ र अर्का खुल्ला पुरूष सदस्यमा १५९५ मत ल्याई गठबन्धनको सिंगो टीम नै विजयी बनेको हो ।
यसैगरि ,कचनकवल गाउँपालिका वडा नं १ मा पनि नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जितेको छ ।
कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू (रञ्जीत) ले १४४२ मत प्राप्त गरि वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीनारायण यादवले १११०मत प्राप्त गरे । यादव यसअघिका वडाध्यक्ष हुन् ।
त्यस्तै वडा सदस्यहरुमा अन्तप्रसाद राजवंशी र उद्रनारायण सिंह राजवंशी निर्वाचित बनेका छन् । महिला सदस्यमा सञ्जावती राजवंशी , दलित महिला सदस्यमा सुनिता दर्जी निर्वाचित बनेकी छिन् ।