
दमक,३१ बैशाख । निषेधज्ञाको समयमा खाद्यान्न भन्दै दमकमा लुकीछिपी मदिराको कारोवार हुदैआएको छ । यहाँका मदिराका डिलरहरुले गाडीमार्फत दिनदहाडै होटलहोटल तथा थोक विक्रेताहरुसम्म मदिरा पुरयाँउदै आएको खुलेको छ ।
निषोधज्ञाको समयमा मदिराको कारोवार केहि बढ्ने हुदाँ पनि यहाँका डिलरहरुले सके दिनमा नत्र साँझतिर छोटो हात्तीमा खाद्यान्नको सूचना टालेर मदिरा विक्रीगरिआएको स्थानीय एक होटल सञ्चालकले वताएका छन् । उनले फोन गर्ना साथ होम डेलिभेरिका रुपमा मदिरा ल्याई दिने गरिआएका छन् ।
निषेधज्ञाका समयमा डिलर तथा थोक विक्रेताले वजारमा चलेका मदिराको मूल्य पनि आफूखुसी बढाएका छन् । तर प्रशासनले भने खाद्यान्नको वहानामा गाडीमा मदिरा डुलाउदै विक्रीगरिआएको भेउ पाउन सकेको छैन् ।
दमकमा निषेधज्ञामा कडाई गरिदै
दमकमा भोलिदेखि निषेधज्ञामा थप कडा बनाउने तयारी गरिएको छ । दमक नगरपालिका र जिल्ला प्रशासन कार्यालयले पूर्ण निषेधाज्ञा जारी गरेसँगै आजबाट नै दमकमा सवारी साधन तथा अनावश्यक हिडडुलमा कडाइ गरिन थालिएको हो । जेठ १ गतेदेखि झापामा सबै प्रकारका पसल र सवारीका साधन बन्द हुने छन् । दमकका सबारीसाधनको आवतजावत् यथावत रहे सँगै प्रहरी र नगरप्रहरीले सडकमा कडाइ गरेका हुन् ।
दमकमा आज डिएसपी नवराज कार्कीले सवारीसाधनलाई रोक्दै होल्डमा राखेका थिए । उनका अनुसार भोलीदेखि सवारीसाधन र पैदल यात्रुलाई कडाइ गरिने छ । दमकमा दुध र अण्डा बाहेकका सबै पसलहरु बन्द हुने छन् । यस्तै अत्यावश्यक बाहेकका सबै सवारीका साधन अब बन्द हुने छन् ।