दमकमा २१ सदस्यीय समुदायिक प्रहरीको नयाँ समिति

दमक,३१ बैशाख । दमक नगरपालिकाले नगर सामुदायिक प्रहरी साझेदारीको नयाँ समिति गठन गरेको छ । समाजमा हुने विभिन्न अपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न समुदायकै सरोकारवालाको भूमिका सक्रिय हुने अपेक्षासहित २१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नवगठित समितिको संयोजकमा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा र सहसंयोजकद्वयमा उपप्रमुख रेगिना भट्टराई प्रसाईँ र दमक इलाका प्रहरी प्रमुख मनोजकुमार लामा रहेका छन् ।
समितिको सदस्यहरुमा विभिन्न सघं संस्थाको प्रतिनिधित्व हुने गरि वडाध्यक्ष टेक बहादुर थापा, जीवन कुमार गौतम, सुरेन्द्रराज दाहाल, रोसनकुमार गौतम, मुकेश अग्रवाल, मोहन कुमार बोगटी, सुमित्रा प्रसार्ईं, जनार्दन कुमार मैनाली, भूमिका दाहाल, कमन देवान, कृष्ण खड्का, सुरेन्द्र श्रेष्ठ, गणेश गौतम, चन्द्र राजबंशी, दुर्गा तामाङ, राजकुमार दाहाल, गंगा सिटौला र चित्रा ढकाल चयन भएको नगरपालिकाले जनाएको छ ।
दमक नगरपालिकाको सभाहलमा सम्पन्न भेलाले नगरका राजनीतिक दलका नेतृत्वहरु र समितिको निर्णय अनुसार सो सरहका ब्याक्ति रहने गरि सल्लाहकार समिति चयन गर्ने भएको जनाइएको छ । जसको संयोजक नेपाली काँग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईं तोकिएका छन् ।
समितिको पहिलो बैठक यही ज्येष्ठ ३ गते बिहान ८ बजे दमक नगरपालिका परिषरमा बस्ने समितिका संयोजक तथा नगरपालिका प्रमुख थापाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.