
माङसेबुङ ,३१ बैशाख । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीका नरेन्द्रकुमार राई विजयी भएका छन् ।
मतगणना भइसक्न बाँकी रहँदा नै अध्यक्षमा राईसहितको प्यानल नै विजयी भएको हो । १ हजार २ सय ३३ मत खसेको सो वडाको हालसम्म १ हजार मतगणना भइसकेको छ । २ सय ३३ मत गन्न बाँकी रहँदा नै राईको प्यानलले सोभन्दा बढी मतान्तरले अग्रता लिएसँगै राईको प्यानल विजयी निश्चित बनेको हो । मतगणना भने जारी छ ।
१ हजार मतगणना गर्दा गठबन्धनका वडा अध्यक्ष पदका उम्मेद्वार राईले ६ सय ७२ मत प्राप्त गरेका छन् । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार सुबदल सेलिङले १ सय ८९ मत मात्र प्राप्त गरेका छन् ।
दलित महिला सदस्यमा गठबन्धनकै गंगामाया विश्वकर्मा ६ सय ८७ मतका साथ विजयी भईन् । उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेद्वार अमृता सेन्चुरीले २ सय ५१ मत पाएकी छिन् ।
सदस्यहरुमा गठबन्धनकै वीरबहादुर कुरुम्बाङ ६ सय ५१ र सुरेन्द्र तुम्बाहाम्फे ५ सय ८० मतका साथ विजयी भएका
सहायक निर्वाचन अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए ।
माङसेबुङ ५ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमुक्तिको संयुक्त गठबन्धनबाट राईले उम्मेद्वार थिए । एमालेले भने वडामा कुनैपनि पदमा उम्मेद्वारी दिएका थिएनन् । स्वतन्त्र उम्मेद्वार भने चुनावी मैदानमा थिए ।
इलामको माङसेबुङ गाउँपालिका ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम एमालेका उम्मेद्वार नविन लिम्बू ३२५ मत प्राप्त गरि विजयी भएको माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए ।