दमकमा एमालेको अग्रता कायमै

एमालेबाट नगर प्रमुखका उम्मेदवार गीता अधिकारी

दमक,३१ बैशाख । दमक नगरपालिकामा नेकपा एमालले आफनो अग्रता कायमै राखेको छ । १० वडामध्ये वडा न. १ बाट जारी मतगणनाको ३०० गणनामा जारी गतगणनामा एमालेबाट नगर प्रमुखका उम्मेदवार गीता अधिकारीले १३९, गठबन्धनबाट राप्रपाका उम्मेदवार राम थापाले १२० मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेका अम्बिका खनालले १२० र
गठबन्धनबाट कांग्रेसकी रेगिना भटटराई प्रसाईले १३२ मत ल्याएकी छन् ।

मोरङको रङ्गेलीमा काँग्रेसको अग्रता
मोरङको रंगेली नगरपालिकामा नेपाली काङ्ग्रेसले सुरुवाती अग्रता लिएको छ ।अहिलेसम्म ४६९ मतगणना हुँदा मेयरमा काङ्ग्रेसका उम्मेदवार मोदराज घिमिरेले ३१३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका दिलीपकुमार बगडियाले २८२ मत पाएका छन् ।उपमेयरमा एमालेकी भुमा पराजुलीले १२९ र जसपाका पन्नालाल मण्डलले ९५ मत पाएका छन् । रंगेलीमा नेपाली काँग्रेस र जसपाको गठबन्धन छ । अहिले रङ्गेली नगरपालिका–१ को मतगणना भइरहेको छ । उक्त वडामा ३५४४ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published.