
दमक,३१ बैशाख । कमल गाउँपालिकामा जारी गतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ मा खसेको मत संख्या ३५०८ मध्ये ३०० मतगणनामा कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले १७० मत ल्याउदै अग्रता लिएका हुन् ।
त्यहाँ शुरुवातीदेखि उनले अग्रता लिदैआएका छन् । कांग्रेस,माओवादी,जसपा,लिम्बूवानबाट गठबन्धनका उम्मेदवार वनेका राईका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार भिम राईले ६७ मत प्राप्त गरेका छन् । त्यहाँ राप्रपााका उम्मेदवारले १७ मत ल्याएका छन् ।
यसैगरि, उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार पर्शुराम सुवेदीले १२३ र उनका प्रतिद्धन्दी प्रमिला तिवारीले ७८ मत ल्याएकी छन् । राप्रपाले २० मत ल्याए । यसैगरि , गठबन्धनबाट वडा अध्यक्षका उम्मेदवार केदार कटुवालले १७८ , एमालेका ६५ र राप्रपाले १८ ल्याएका छन् ।
खुल्ला महिला सदस्य एमाले ७३,गठबन्धनले १५३, राप्रपा २४,दलित महिला सदस्य मालेकी ७४, गठबन्धनकी १५४, राप्रपा २३, खुल्ला पुरुष सदस्यतर्फ एमाले ८० ,गठबन्धन १४६,राप्रपा २४, खुल्ला पुरुष सदस्यमा एमाले ७२,गठबन्धन १५० र राप्रपा १४ मत ल्याएका छन् ।