
तेह्रथुम, ३१ बैशाख । तेह्रथुमको म्याङलुङ नगरपालिका १ मा नेपाली कांग्रेसको प्यानल नै बिजयी भएको छ । वडाध्यक्षमा ७ सय ८७ मत प्राप्त गर्दै बुद्धिराज लिम्बु बिजयी भएका छन् । उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका शुभभगत प्रधानाङ्गले ६ सय ३४ मत प्राप्त गरे ।
म्याङलुङ–२ वडामा पनि नेपाली कांग्रेसका हेमराज तुम्बाहाङफे बिजयी भएका छन् । उनले ५ सय ९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका शम्भु तुम्बाहाङफेले ४ सय ७५ मत प्राप्त गरेका छन् । अन्य वडाहरुको मतगणना धमाधम भैरहेको छ ।